Banner

अन्तराष्ट्रीय नेपाली यूबा उधमी महासंघ अमेरिका गठन , अध्यक्षमा पौडेल

 

मकै हाउस न्युज, अमेरीका ब्युरो

बिश्वमा छरिएर रहेका यूबा उधमीहरूलाई एउटै छातामुनि ल्याउंने उद्देश्यले गठन भएको अन्तर्राष्ट्रीय नेपाली यूबा उधमी महासंघ बिस्तारहुने क्रममा रहेको छ ।

   यसै क्रममा नेपाली यूबा उधमी महासंघ अमेरिका पनि गठन भएको छ । केन्द्रीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्व एबं रमेश एमके पौडेलको अध्यक्षतामा अन्तर्राष्ट्रीय नेपाली युबा उधमी महासंघ अमेरिका गठन भएको हो ।  यो महासंघ यूबा उधमीहरूकोब्याबसायिक सन्जाल भएको कुरा बताइएको छ -‘ यो सन्जाल ब्याबसायिक सोच,बिचार र बिशेषज्ञताको केन्द्र  हो -‘ अध्यक्ष रमेश एमके पौडेलले बताए । महासंघले श्रृजनात्मक सोचको बिकाश गर्ने र यूबा उधमीहरू मार्फत स्वदेश र परदेशलाई जोड्ने दाबी गरिएको छ ।महासंघ अमेरिकामा उपाध्यक्ष नारा खकुरेल,सचिब रोशन बुढाथोकी ,सह सचिब हरि ओझा, कोषाध्यक्ष ओजेश उप्रेती रहेका छन भनेसदस्यहरूमा छिरिगं ‘डोका’ अब्राहम ,राधा थापा, प्रितेश कार्की ,नबराज आलेमगर,अमृत महतो , प्रसन्न संग्रौला र बिक्की पुलामी छन ।

   महासंघ अमेरिकामा ह्यारी भण्डारी,गौरी जोशी ,एसी शेर्पा  राजन थपलिया,डिल्लिराज भट्ट र नारायण पुरी सल्लाहकारमा रहनु भएकोछ ।

Loading...