
‘मिस गुरुङ इन्टरनेशनल–चौथो संस्करणको लागि आवेदन खुल्ला, विजेताले नगद रु. १ लाख सहित १० लाख बराबरको उपहार प्राप्त गर्ने

मकै हाउस न्युज, काठमाण्डौ
मिस गुरुङ इन्टरनेशनल–चौथो संस्करणको खोजी सुरु भएको छ । मृगतृष्णा फेसन एण्ड प्रोडक्शन हाउसद्वारा आयोजित प्रतियोगिताकालागि केही दिन अघि नै आवेदन खुला गरिएको हो । आयोजकले ‘मिस गुरुङ इन्टरनेशनल–२०२१’का लागि देशको प्रमुख सहरकाठमाण्डौ र अन्य शहरहरुमा अनलाईन मार्फत अडिसन लिँदैछ ।
प्रतियोगिताको चौथो संस्करणका लागि अडिसनको तयारी भइरहेको आयोजक संस्थाकी अध्यक्ष तथा फेसन डिजाइनर तृष्णा गुरुङलेबताइन् । उनका अनुसार असोज १६ गते अडिसन काठमाडौं स्थित बिशाल बजारको माथिल्लो तल्लामा रहेको बेन्टो रेष्टुरेन्टमा हुँदैछ ।भने काठमाण्डौ भन्दा बाहिर अन्य शहरका आबेदकहरु संग अनलाईन मार्फत असोजको १७ र १८ गते लिने भएको छ ।
‘मिस गुरुङ इन्टरनेशनल–२०२१’का मा अडिसन दिएका मध्ये
देशभरी बाट ३० जनालाई छनोट गरेर फाइनलमा उतार्ने आयोजकको लक्ष्य रहेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आउँदो कार्तिकमहिनाको अन्त्यमा राजधानीको जमल स्थित राष्ट्रिय नाच घरमा हुने आयोजक संस्थाकी अध्यक्ष गुरुङले जानकारी दिइन् ।
सन् २०१४ देखि यो प्रतियोगिता सुरु भएको हो । ‘मिस गुरुङ इन्टरनेशनल’लाई प्रतिष्ठित र भव्य बनाउन देशभरीबाट आवेदन लिएकोआयोजकले जनाएको छ ।
यस प्रतियोगिताका विजेताले नगद रु. १ लाखको साथै १० लाख रुपैयाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गर्ने जनाइएको छ । साथै, थाईल्यान्ड भ्रमणको पनि अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।