
अमेरीकाको ओहायो राज्यको एक घरमा भएको आगलागीमा परी एकै परिवारको ३ बालबालिका सहित ५ को मृत्यु
मकै हाउस न्युज
आइतबार अमेरिका, ओहायो राज्यको एक्रोनको एक घरमा भएको आगलागीबाट एकै परिवारका ३ सन्तान र आमा बुवा गरी ५ जनानेपाली भाषी भुटानीहरूले ज्यान गुमाएका छन् । भने आगलागीमा परेर उक्त घरमा रहेका अन्य ४ जना घाइते भएका छन् ।
आगलागीमा परेका घाइतेहरूको एक्रोनकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
एक्कासी घरमा आगोको ठुलो धुंवा देखेपछि छिमेकीहरू आत्तिदै घटनास्थलमा पुगेका थिए । त्यसपछि तत्कालै उद्धारकर्मीहरूलाईबोलाएर उद्धार थालिएको थियो ।
आगलागीमा ज्यान गुमाउनेहरू ५ वर्ष,११ वर्ष र १६ वर्षका बालबालिका छन् भने दुई जना ६० वर्षका पुरुष र ४८ वर्षकी महिला रहेका छन्।
घटना एक्रन राज्यको नर्थ हिल, लिन्देन एभिन्युको ११०० ब्लकमा भएको हो । घटनामा परेका मृतकहरु र घाईतेहरुको परिचय खुल्नबाकी रहेको छ ।
आगलागीको क्रममा घर सहित बिजुलीका तारहरूमा समेत क्षति पुर्याएको कारण नियन्त्रण कार्यमा कठिनाइ भएको स्थानिय अधिकारीक्रिस्टीन फाउलर म्यककाले जनाएका छन् । साथै आगलागीको घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि बताएका छन् ।