Banner

अबैध रुपमा अमेरिका प्रबेश गर्ने क्रममा ५ दर्जन नेपाली जर्मनी एयरपोर्टमा पक्राउ

 

मकै हाउस न्युज

“दुबईबाट मस्को हुँदै फ्र्यांकफर्ट पुगेका अन्य नेपालीलाई पनि जर्मन प्रहरीले नियन्त्रणमा लिएको आशंका“

गैरकानुनी रूपमा काठमाडौंबाट दुबई, मस्को मेक्सिको हुँदै अमेरिका छिर्न खोजेका पाँच दर्जन नेपाली जर्मनीको फ्र्यांकफर्टविमानस्थलमा पक्राउ परेका छन् यही रुटबाट मेक्सिको पुगेका केही व्यक्तिलाई मेक्सिको प्रहरीले फ्र्यांकफर्ट डिपोर्ट गरेको थियो भने केही मेक्सिको उड्ने तयारीमा थिए

मेक्सिकोबाट डिपोर्ट भएकाहरूलाई भने मस्को फिर्ता पठाउन लागिएको जर्मन सुरक्षा निकायले बताएको जर्मनीस्थित नेपाली राजदूतरामकाजी खड्काले जानकारी दिए  विमानस्थलको ट्रान्जिटस्थित प्रहरी सुरक्षा घेरामा रहेकामध्ये एक नेपालीले सुरक्षाका कारणआफ्नो नाम नखुलाइदिन आग्रह गर्दै कान्तिपुरसँग भने, ‘हामी यहाँ दिनदेखि सुरक्षा घेरामा छौं  प्रहरी नियमानुसार अब दुई दिनभन्दाराख्दैन  हामी अझै मेक्सिको जाने आसमा छौं 

ती नेपालीका अनुसार आफन्तको विश्वासमा परेर उनीहरूले अमेरिका छिर्नका लागि जनही ३८ लाख रुपैयाँ तिरेका थिए  राजदूतखड्काका अनुसार दूतावासले जर्मनीको सुरक्षा एजेन्सीसँग सम्पर्क गर्दा १८ जना नेपाली आफ्नो नियन्त्रणमा रहेको बताएको   पक्राउपरेकामध्ये जनासँग जापानको नक्कली भिसा भएकाले शंका लागेर समूहका सबैलाई नियन्त्रणमा लिइएको जर्मन सुरक्षा संस्थालेजानकारी दिएको खड्काले बताए 

फ्र्यांकफर्ट विमानस्थलमा कार्यरत श्याम खनालका अनुसार १८ जनाबाहेक मेक्सिकोबाट फर्काइएका मस्कोदेखि मेक्सिको जानउडेका अन्य नेपाली पनि थपिएका छन्  उनका अनुसार विमानस्थलको अर्को टर्मिनलबाट पक्राउ पर्नेको संख्या यकिन भइसकेको छैन 

अलपत्र परेका अर्का एक नेपालीले आफूहरू नियन्त्रणमा रहेका भए पनि प्रहरीले अन्य केही नगरेको बताएका छन् हामीलाई प्रहरीलेरोकेको हो  तर पक्राउ गरेको जस्तो छनक दिएको छैन  हामी अझै पनि मेक्सिकोको टिकट बनाएर उतै उड्ने पर्खाइमा छौं,’ उनलेभने  मोटो रकम तिरेर हिँडेकाले जसरी पनि मेक्सिको गएर अमेरिका छिर्ने आसमा रहेको बताउँदै उनले भने, ‘३८ लाख तिरेर आएकोहो  दलालले थाहा पायो भने झन् दुःख दिन सक्छ आमाबुबाले यो सुन्नुभयो भने चिन्ताले मर्नुहुन्छ 

कान्तिपुरसँगको टेलिफोन कुराकानीमा ती नेपालीले आफूहरूमध्ये अधिकांशलाई आले थरका नेपाली दलालले दुई साताअघिकाठमाडौंबाट दुबई (यूएई) उडाएका थिए  एक सातासम्म दुबईको एक होटलमा राखिएपछि उनीहरू आफैं टिकट काटेर मस्को (रुस) उडेका थिए  मस्को उड्ने प्रबन्ध भने एक पाकिस्तानी दलालले मिलाइदिएका हुन् 

मस्कोमा एकरात बसेपछि आफूहरू आफ्नै टिकटमा मेक्सिको उडेका थिए  उनीहरू सबैको जर्मनीको फ्र्यांकफर्टमा ट्रान्जिट परेकोथियो  त्यहाँ प्रहरीले जाँचबुझ गर्दा उनीहरू पक्राउ परेका हुन्  केहीको नक्कली भिसा भेटिएका कारण समूहका सबै जनालाईजर्मनीको सुरक्षा निकायले रोकेको हो 

राजदूत खड्काले आफूहरूसमक्ष आधिकारिक रूपमा उद्धार वा अन्य सहयोगका लागि आग्रह नगरिएको उल्लेख गर्दै भने, ‘कसैले उद्धारगरिदिनुपर्‍यो भन्यो भने दूतावासले पहल गर्ने हो  आधिकारिक रूपमा केही आएको छैन  तर नेपालीहरूलाई यस्तो भयो भन्ने सुनेपछिहामी सुरक्षा निकायको सम्पर्कमा छौं  थप जानकारी लिने प्रयासमा छौं 

स्रोत : कान्तिपुर दैनिक

Loading...