Banner

डा.गोविन्द केसी न्यूयोर्क, संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी शान्तिपूर्ण प्रदर्शनमा

 

मकै हाउस न्युज, न्युयोर्क

सामाजिक अभियन्ता प्रा.डा. गोविन्द केसीको उपस्थितिमा न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी शान्तिपूर्ण प्रदर्शनभएको

IMG_5716

सेप्टेम्बर २० २१ का दिन विश्वमा हत्या, हिंसा युद्धको अन्त्य , शान्ती , सदभाव, मानवता, जलवायु विनासको रोकथाम,सबैलाई सर्बसुलभ कोरोना खोप उपलब्ध, शिक्षा स्वास्थ्यमा समानता जस्ता मानविय संवेदनशीलता मौलिक अधिकारको रक्षाको माग गर्दै प्रदर्शन गरिएको हो

संयुक्त राष्ट्र संघमा विश्वका राष्ट्र प्रमुखहरूको आजबाट सुरू भएको बैठकलाई लक्षित गरी गरीएको प्रदर्शनमा न्यूयोर्क , न्यूजर्सी, टेक्सास, बोष्टनबाट सहभागीहरू उपस्थित भएका थिए भने संस्थागत रूपमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका, एन.आर.एन.. लगायत विभिन्न संघ संस्थाहरूले ऐक्यवद्दता जनाएका थिए

शान्तिपुर्ण प्रदर्शनमा बोल्नेक्रममा डा. केसीले “‘नेपालमा बस्ने नेपाली भन्दा बिदेशमा बस्ने नेपालीले नेपाल धेरै माया गरेको पाईन्छ किनकी देशप्रति चासो राख्ने बिकास अनि शान्तिको लागी ऐक्यबद्धता जनाउने कार्यमा जहीले बिदेशमा बस्ने नेपालीहरु अगाडी हुन्छनभन्नुभयो

Loading...