
रूपा सुनारमाथि जातीय विभेद भएको भन्दै अदालतले घरबेटी प्रधानलाई १ लाख १५ हजार धरौटी तिर्न आदेश
रुपा सुनारमाथि जातीय विभेद गरेको मुद्दामा कांठमाण्डौकी घरबेटी सरस्वती प्रधानलाई अदालतले एक लाख १५ हजार रुपैयाँ धरौटीमाग गरेको छ ।
अधिवक्ता मोहन शाशंकरले दिएको जानकारी अनुसार ‘बुधबार मुद्दाको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको एकल इजलासले घरबेटी प्रधानलाई एक लाख १५ हजार रुपैयाँधरौटी तिर्न आदेश दिएको छ ।’
उनकाअनुसार यो धरौटी रकम छुवाछूत मुद्दामा अहिलेसम्मकै धेरै हो ।
स्थायी घर तनहुँकी रुपा सुनार काठमाडौंको बबरमहल स्थित सरस्वती प्रधानको घरमा १ असारमा कोठा खोज्न गएकी थिइन् ।त्यसक्रममा आफू कामीको छोरी भएको थाहा पाएपछि घरबेटी प्रधानले कोठा दिन अस्वीकार गरेकी थिइन् । रुपाको जाहेरीमाकाठमाडौं सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
३ असारमा रुपाले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् । ६ असारमा पक्राउ परेकी घरबेटीलाई ९ असारमातत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रहरी कार्यालयमै पुगेर घरबेटी प्रधानलाई रिहा गराएका थिए ।