
नारायणहिटी दरबारमा रहेको श्रीपेच चोर्न खोज्ने पक्राउ
मकै हाउस न्युज
शुक्रवार बिहान स्थायी घर पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्तीलाई नेपाली सेनाले नारायणहिटी दरबार संग्रहालयअवलोकन गर्ने बहानामा श्रीपेच चोरी गर्न लागेको अबस्थामा पक्राउ गरेको छ ।
सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो । सिसा फुटाएर श्रीपेच चोर्न खोज्दा उनको हात काटिएको पनि बताइएकोछ।
घर्ति अहिले नेपाली सेनाको नियन्त्रणमा रहेका छन् भने चोरी प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।