Banner

परराष्ट्रमन्त्री डा. खडकाको न्यूयोर्कमा भएको अन्तरक्रिया कार्यक्रम विवादित बनेको छ ।

मकै हाउस न्युज, न्युयोर्क

डा. नारायण खडका परराष्ट्रमन्त्री बने लगत्तै अमेरिकाको न्युयोर्क आएका मन्त्री खड्का सहभागी भएका न्युयोर्कको कार्यक्रम विदादितबनेको   नेपाली महावाणिज्य दुतावासको आयोजनामा गरिएको भनिएको कार्यक्रममा न्युयोर्कमा रहेका बाँकी अधिकांशसंघसंस्थाहरुलाई वेवास्ता गरिएको भन्दै आपत्ति जनाइएको

न्युयोर्कमा आइतबार भएको कार्यक्रम नेपाली महावाणिज्य दुतावासको आयोजनामा भनिएपनि नेपाली कांग्रेसको भातृसंगठन नेपालीजनसम्पर्क समितिलाई मात्र प्राथमिकतामा राखिएको तर अन्य नेपाली संघसंस्थाहरुलाई जानकारी समेत नदिइएको भन्दै आपत्तीजनाइएको

आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाका अध्यक्ष लोक चेम्जोङ, प्रवासी नेपालीमञ्च अमेरिका, न्युयोर्कका अध्यक्ष अर्जुन सिंह, नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जन, प्रवासी नेपाली समाज अमेरिकाकाअध्यक्ष रुद्र राउतले संयुक्त विज्ञप्ति जारी गर्दै महावाणिज्य दुतावासले नेपाली समाजलाई विभाजन गर्न खोजेको आरोप समेत लगाएकाछन विभेदकारी सो कार्यक्रमले माननीय मन्त्रीको समेत अपमान भएको ती संस्थाहरुको ठहर

विज्ञप्तिमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै अमेरिका आएका जो सुकै भएपनि सबै नेपाली संघसंस्थाहरुसंग अन्तरक्रिया गर्ने परम्परारहेको स्मरण गराउदै नेपाली समुदायलाई विभाजित गर्ने कार्य कदापी स्वीकार्य नहुने जनाईएको यस्तो कार्य गर्नबाट नेपालीमहावाणिज्य दुतावास सच्चिन चेतावनीपनि दिइएको आइतबार नेपाली महावाणिज्य दुतावास, गैरआवासीय नेपाली संघ, अमेरिका, न्युयोर्क च्याप्टर नेपाली जनसम्पर्क समिति, अमेरिकाको आयोजनामा परराष्ट्रमन्त्री डा. खडकासँग न्युयोर्कमा अन्तरक्रिया कार्यक्रमगरिएको थियो सो कार्यक्रममा अन्य नेपाली संघसंस्थाहरुलाई सहभागी नबनाइएको भन्दै आपत्ति जनाइएको हो

Loading...