
आखिरमा महानायक को त ?
मकै हाउस न्युज, प्रिन्स युबराज कार्की, क्यालिफोर्निया
अहिले फेरी नेपाली फिल्मी बजार एका–एक महानायक र माहानायिकाको पदबीले तातिएको छ । हुन त यो भन्दा अघी पनि साना तिनाबिबाद नआएका भने हैन तर यसपाली भने भुवन केसी आँफैले बडो ताम्झामका साथ महानायक घोषणा गर्न शोभित बस्नेतलाई लगाएतेती मात्र हैन उनले शिव श्रेष्ठलाई रियल महानायक तथा गौरी मल्ललाई रियल महानायिका भन्दै बर्षौ देखी दर्शकको माया र सद्भाबपाएका असली महानायक राजेश हमाल र हाल सालै घोषणा गरिएकी अर्की माहानायिका करिश्मा मानन्धरको पदबीलाई बिबादमाताने। हुन त जती सुकै स्याल हुइया मचायपनी नेपाली दर्शकले महानायक भनेर राजेश हमालको बिकल्प अरु देख्दैनन् । जुन कुरा देशदेखी बिदेश सम्म यि दुई नायकहरु संगै कार्यक्रममा जादा उनिहरुलाई आयोजकले गर्ने ब्यवहारमा हामीले देखी सकेका छौ तसर्थ यस्तोवाहियात बिबाद झिक्नु भुवन केसी लगायत अनमोल केसीको लागि पनि प्रत्युपादक हुन सक्छ भन्छन फिल्मी पन्डितहरु किन भने हालसम्म जो–जो मैदानमा राजेश हमालको बिरुद्धमा आए ति सबै पत्तासाफ भएको ईतिहास छ । भलै जसले जस्तो सुकै बिबाद निम्त्याएपनि महानायक राजेश हमालले कहिले कसैलाई जबाफ फर्काएको पाईदैन तर उनको लागि सिंगो दर्शक एक ढिक्का भयर उनको पक्षमाबोली रहनु भनेको उनले कसरी दर्शकको मन जिती रहेका रहेछन भनेर बुझ्न गाह्रो हुन्न । तसर्थ सबैले बुझ्नु पर्ने कुरा चाँही के हो भनेराजेश हमाललाई त्यसै महानायक भनिएको हैन तत्कालिन अवस्थामा देशमा माओबादी गृहयुद्धमा फस्दै गैइरहेको बेला देश भरकासिनेमा हलहरु बन्द हुँदै गैरहेको अवस्था थियो भने शहरमा भएका हलहरुमा पनि हिन्दी चलचित्र आक्रामक रुपमा नेपालमा भित्रिंदै गर्दापूर्ण रुपमा संयमता अपनाइ नेपाली फिल्म उधोगलाई अघी बढाउनु पर्छ भन्दै सयौ निर्देशक निर्माता संग सहकार्य गर्दै, यो नयाँ निर्देशक, यो पुरानो निर्देशक, यो नयाँ नायिका, यो पुरानो नायिका, यो नयाँ निर्माता, यो पुरानो निर्माता नभनी सबैलाई मौका दिदै एक छत्र राज गर्दापनि कुनै घमन्ड नदेखाइ कसै संग रिष राग नराखी महानायक राजेश हमालले अनवरत रुपमा नेपाली चलचित्र खेलिरहे। अन्य उनकासमकालिनहरु लगायत उनी भन्दा पछी आएका कतीपय कलाकारहरु नेपाली फिल्ममा भबिश्य नदेखेर बिदेश पलायन हुँदै गर्दा सिंगोसिने जगतलाई एक लौटी कॅाधमा बोकेर हिडिरहे । यो बास्तविकता यदी कसैले नजर अन्दाज गर्छ भने ३ करोड नेपालीलाई मान्य हुनेछैन तसर्थ महानायक राजेश हमाल एउटा ब्यक्ती हैन नेपाली फिल्मको लागि सिंगो बिश्वबिधालय हो भन्दा फरक पर्दैन किन भने हालसम्म सबै भन्दा बढी फिल्मकर्मीहरु संग काम गर्ने तथा बर्षौ सम्म क्यामरा अगाडि उभिएर रात दिन काम गर्ने अवसर पाएको कोहीअभिनेता नेपालमा छ भने राजेश हमाल नै हो। तसर्थ महानायक लाई सम्मान सिंगो राष्ट्र अनी अन्तराष्ट्रिय स्तरले गरी रहेको बेलामा केको रोरियो हो बुझ्न सकिएको छैन ?
अब रहयो किन महानायक मान्ने कुरा ???
१०० वटा भन्दा बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरुस्कारले सम्मानित, दुई पटक तत्कालिन राजाहरुबाट गोर्खा दक्षिणबाहु प्राप्त र दुई पटकनेपालको राष्ट्रपतीबाट बिशेष पदक प्राप्त, सयौ फिल्मकर्मी तथा प्राबिधिकहरु जन्माउन सफल, २५ औ बर्ष देखी एक नाशको दर्शककोमाया र सदभाब, बिदेशी ब्रान्ड्ले पत्याएको एक मात्र अभिनेता जस्स्को कारण ***को बन्छ करोडपती*** जस्तो कार्यक्रम नेपालमासफल रुपमा सन्चालन भएको, अन्य थुप्रै अन्तरराष्ट्रिय ब्रान्ड्ले पत्याएको अभिनेता, त्यस्तै गरी ३०५ वटा फिल्म मध्य युग देखी युग सम्म, अधिकार, देउता, देउकी, भाउजु, भरिया, कसम, जिन्दगानी, हामी तीन भाई, अल्लारे, अवतार, सिमाना, कर्णबिर, चटयाङ, भिस्मप्रतिग्या, प्रतिगया, मैदान, पृथ्वी, चाहना, ज्वाला, गाउले, अर्जुन, एक नम्बर को पाखे, पारीभाशा, अपराध, गोपी कृष्ण, साथी, ढुकढुकी, कर्मयोद्धा, राम लक्षण, हिरो, मर्यादा, माटो बोल्छ, नायक, शंकर, जङबाज, चट्टान, चोरसिपाही, जे भो राम्रै भो, दुलही, सन्यास, सन्तान कोमाया, माइली, कृष्ण अर्जुन, जुन तारा, बसन्ती, पाले दाई, Mr राम क्रिश्ने, परेली, चमत्कार, शिव शक्ती, कान्छा, प्रहार, परदेशि कान्छा, कानुन, कवज, दादा गिरी, गोरेटो, चादनि, अग्नीपरिक्ष्या, रक्षक, मन मन्दिर, जेठो कान्छो, मुक्ती दाता, डर, जीवनदाता, फैसला, इज्जतदार, दोबटो, कुरुक्षेत्र, खल नायक लगायत ११३ वटा फिल्म ले सफल ५१ दिन मनाएको तथा ति मध्य २८ वटा फिल्मले सफल१०० दिन मनाएको यो ईतिहास हाल सम्म कुनै अभिनेताको छैन र हाल सम्म यो रेकर्ड तोडन सक्ने क्षमता अन्य अभिनेतामा देखिएको पनिछैन। यसर्थ यस्तो एक सताब्दीमा एक चोटि जन्मिने एस्तो ब्यक्ती लाई महानायक मात्र हैन त्यो भन्दा पनि ठुलो सम्मान दिए पनि कमहुन्छ तसर्थ बिबाद हैन महानायक राजेश हमाल लाई मन बाटै सम्मान गरौ…
मन बाटै गर्व लाग्छ महानायक ज्यु ।
म कसैको नाम लिन चाहान्न तर पनि बिगत लाई फर्केर हेर्छु र भन्न मन लाग्छ बर्षमा १/२ वटा फिल्म खेल्नेले रोजगार सृजना गर्छ कि बर्षमा १५/१६ वटा फिल्म खेल्ने ले।मेरो प्रश्न तिनिहरुलाई हो जसले आफ्नो बिबेकलाई सहि रुपमा परिचालन गर्न सकेन।अर्को कुरा फ्लफहीरोले अरुको निर्माणमा ३०० बडी फिल्म खेल्छ कि चलेको हीरो ले फिल्म नपाएर फिल्म बनाउन थाल्छ।जसले हिरो हुनाकै लागि घरजग्गा लीलाम गर्छ त्यो सफल कि जसलाई फिल्ममा खेलाउन लाइन बस्नु पर्ने हीरो सफल।अर्को कुरा मान सम्मान र क्षमता को जोडघटाउ दर्शक ले गर्ने हुन नकी एउटा झुन्ड ले अज्ञानी बृद्धबालक।
तसर्थ बारम्बार यो बिबाद जिक्नु भन्दा सधैं को लागि माहा नायक राजेश हमाल, एक्सन किङ शिव श्रेष्ठ, एक्टिङ किङ सरोज खनाल, सदाबहार नायक भुवन केशी, माहानायिका करिश्मा मानन्धर, एक्टिङ क्विन गौरी मल्ल लाई दिदै यो बिबाद टुङाउनु सम्पूर्ण कलाकारतथा सिंगो चलचित्र उधोगको हितमा छ जस्तो लाग्छ।
सबैको जए होस तर याद गरौ महानायक चाँही राजेश हमाल नै हुन है?
जय महानायक राजेश हमाल ।