Banner

ईडिभी परी भिसा लिन नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेका ३ जना पक्राऊ

 

 

मकै हाउस न्युज,
इडिभी
परेर भिसा लिनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा मंगलबार चितवन घर भई काठमाडौंको कलंकी बस्ने३६ वर्षीय जीवन कार्की, चितवन खैरेनीका ३१ वर्षीय नविन दराई रौतहट घर भई कोटेश्वर बस्ने ३२ वर्षीय शिव रोक्कालाई महानगरीयअपराध महाशाखा काठमाडौंले पक्राउ गरेको हो।

सन् २०२१ को इडिभीमा उनीहरूको नाम निस्किएको पछि भिषा प्रक्रियाको लागि आवश्यक कक्षा ११ १२ पासको शैक्षिक योग्यताचाहिने भएपछि आफुहरुसंग शैक्षिक योग्यता नभएपछी त्यसको लागि उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र बनाउनको लागी पक्राउपरेकामध्ये नविन दराईबाट एक लाख ७० हजार रूपैयाँ लिएर जीवन कार्कीले प्रमाणपत्र बनाएको खुलेको प्रहरी अनुसन्धानले जनाएकोछ।

प्राप्त  सूचनाको आधारमा  खटिएको टोलीले उनीहरूलाई महाराजगन्जबाट पक्राउ गरेको हो। 

थप अनुसन्धानको लागि उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा बुझाइएको छ। 

Loading...