Banner

न्युयोर्क राज्य सरकारले सगरमाथा दिवस मनाउने ।

 

मकै हाउस न्युज, न्युयोर्क

विश्वको सर्वोच्च शिखर सगरमाथा माथि प्रथम पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा मनाईदै आएको अन्तरराष्ट्रियसगरमाथा दिवसलाई यस वर्ष देखि न्युयोर्कको राजधानी आल्बानीमा समेत मनाईने भएको


उक्त
निर्णय न्युयोर्क राज्य बिधान सभा सदस्य जेनिफर राजकुमारले आज आयोजित बिशेष समारोहमा घोषणा गरेका हुन हालअमेरिकामा रहेका साठी जना आरोही हरुलाई सम्मानपत्र यु एस नेपाल क्लाइम्बर्स् एसोसिएशनका स्वयंसेवक हरुलाई कदर पत्र प्रदानगरिएको थियो

हिम आरोही शेर्पाहरुको अदम्य साहस, त्याग ईमान्दारिताको सम्मान गर्दै न्युयोर्क राज्यको राजधानी आल्बानीमा सगरमाथा दिवसमनाउन लागिएको प्रमुख वक्ता जेनिफर राजकुमारले बताईन् नेपाली महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले सगरमाथा दिवसलाईन्युयोर्कमा मान्यता दिएकोमा नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष देखि सगरमाथा दिवस मनाउन न्युयोर्क स्टेट्एसेम्ब्ली सँग सहकार्य गर्ने प्रतिबद्धता जनाए यु एस नेपाल क्लाइम्बर्स् एसोसिएशनका अध्यक्ष पासाङ् निमा शेर्पाले हिमआरोहीहरुकालागि गरिएको यो सम्मान प्रति आफु अत्यन्त आभारी रहेको बताउँदै सबैलाई धन्यवाद ज्ञापन गरे

कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि अमेरिकाका स्वास्थ्य राजदूत डा. सिमा क्यारेट्नया, क्वीन्स् बोरो उपसभापति रोन्डा विन्डा, शेर्पाकिदुगका अध्यक्ष छिरिङ् शेर्पा, जि पि के फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, क्वीन्स् कम्युनिटी बोर्ड सदस्य उर्गेन शेर्पा, आदिबासीजनजाति महासंघका संघीय सभामुख राजकुमार बिष्ट, रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर नबराज केसी, सामाजिक अभियन्ता तथाएडवान् नेपालका संस्थापक बिष्णुमाया परियार, विश्व कीर्तिमानी अमेरिकी भेनेसा ओब्रायन लगायत उपस्थित बिदेशी पाहुनाहरुलेशुभकामना मन्तव्य राखेका थिए

नेपाल सरकारले मेई २९ लाई अन्तरराष्ट्रिय सगरमाथा दिवस (International Mt. Everest Day) को रुपमा मनाउने निर्णय गरे पछियस दिवसलाई विश्वका विभिन्न देशका पर्वतारोहीहरुले मनाउदै आई रहेका थिए विगतका वर्षहरुमा न्युयोर्कमा पनि यू एस नेपालक्लाईम्वर्स एसोसिएशनले न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावास, American Alpine Club, Explorer Club of USA, New York City Outbound United Sherpa Association जस्ता संस्थाहरु सँग सहकार्य गरी सगरमाथा दिवस मनाउँदै आईरहेको कुरायु एस क्लाइम्बर्स् एसोसिएशनका महासचिब मिङ्मार लामाले बताए

विविध नेपाली सँस्कृति झल्कने कार्यक्रमहरुमा भने स्व. तेन्जिङ् नोर्गे शेर्पा एडमन्ड हिलारीका सुपुत्रद्वय पिटर हिलारी नोर्बु तेन्जिङ्शेर्पाका भिडिओ सन्देश तथा हिमारोहण संबन्धित श्रब्य दृश्यहरु प्रदर्शन गरिएका थिए

Loading...