
शाहरुख खानका छोरा आर्यन खान ‘मुम्बई क्रुज ड्रग्स छापा’मा पक्राउ
मकै हाउस न्युज,
‘इन्डिया टुडे’का अनुसार भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एउटा पानी जहाजमा आकस्मिक छापा मार्ने क्रममा आर्यनखान पक्राउ परेका हुन्।
आर्यन खान बलिवुड अभिनेता शाहरूख खानका पुत्र हुन् ।
भारतीय सञ्चार माध्यमहरुले प्रकाशित गरेको खबर अनुसार जहाजमा लागुपदार्थ प्रयोगको सूचना पाएपछि एनसिबीका क्षत्रीय प्रमुखवानखेडेसहितका पदाधिकारीले जहाजमा छापा मारेका थिए। जहाजमा छापा मार्ने क्रममा केहीलाई पक्राउ गरिएको छ भने आर्यनसँगएनसिबीले सोधपुछ गरिरहेको छ।
छापा मारिएको जहाज तीन दिनको संगीत यात्राका लागि मुम्बईबाट गोवा प्रस्थान गरेको थियो।
जहाजमा बलिउड, फेसन र व्यापार क्षेत्रका मानिसहरू सवार रहेको जनाइएको छ। तिनैमध्ये एक आर्यन खान पनि थिए।
आर्यन विरुद्ध कुनै आरोपमा मुद्दा दर्ता नगरिए पनि उनको मोबाइल एनबिसी अधिकारीले जाँचबुझका लागि नियन्त्रणमा लिएकोबताइएको छ।