
अन्जनले साफ च्याम्पियनशिपको फाईनल खेल गुमाउने
मकै हाउस न्युज, काठमाण्डौ
मालदिभ्सको मालेमा जारी साफ च्याम्पियनशिपमा शनिबार नेपाल र भारत बिच प्रतियोगिताको फाईनल खेलमा अन्जन बिष्टलेफाईनल खेल गुमाउने भएको छ ।
बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका अन्जनले यस अघि भारतविरुद्ध खेलको अन्तिम समयमा पहेंलो कार्ड पाएका कारणउनले भारत बिरुद्धहुने फाईनल खेल गुमाउने भएको छ ।
बंगलादेश बिरुद्ध बराबरी गोल फर्काउन नेपाललाई फाइनल पुर्याउन नायक बनेका अन्जन भारत बिरुद्धको खेलमा पहिलो कार्ड रबंगलादेश बिरुद्धको खेलमा दोश्रो पहेलो कार्ड पाऊदै खेल गुमाउने भएको हो ।
बंगलादेशविरुद्ध उनले खेलको ४४ औं मिनेटमा कार्ड पाएका थिए । क्रसमा आएको बललाई हातले हान्न खोजेपछि रेफ्रीले उनलाईपहेंलो कार्ड दिएका थिए । खेलको ८६ औं मिनेटमा अन्जनलाई नै पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसैपेनाल्टीलाई गोलमा परिणत गर्दै उनले फाइनल यात्रा पक्का गरेका थिए ।
पछिल्लो समय नेपाली टोलीको लागी मुख्य खेलाडीका रुपमा अन्जन अघि आएका छन् । मुख्य प्रशिक्षक अलमुताइरीको आगमनसँगैउनले थप आक्रामक भूमिका निर्वाह गर्दै आएका छन् । जारी प्रतियोगितामा पनि अन्जनले नेपालका लागि सर्वाधिक २ गोल गरेका छन् ।श्रीलंकाविरुद्ध ३–२ को जितमा पनि उनले गोल गरेका थिए ।
हालसम्म राष्ट्रिय टोलीका लागि अन्जनले ७ गोल गरेका छन् । उनले अलमुताइरी आएपछि मात्र १० खेलमा ५ गोल गरिसकेका छन् ।अन्जनको अनुपस्थिति बिनाको भारत बिरुद्धको फाइनल खेल कस्तो हुनेछ । त्यो हेर्न चाही शनिबार राति ८:४५ बजे नै पर्खिनु पर्ने हुन्छ ।