
साफ फाईनल : सुरुवाती ११ सार्बजनिक, को-को परे टोलीमा ?
मकै हाउस न्युज,
मालदिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनलका लागि नेपालको तर्फबाट सुरुवाती ११ खेलाडीसार्वजनिक भएको छ ।
राष्ट्रिय टोलीको कप्तानी सम्हालिरहेका गोलरक्षक तथा कप्तान किरण चेम्जोङको कप्तानी र गोलरक्षकमा नै निरन्तरता पाउने टीममाडिफेन्डर अनन्त तामाङ र दीनेश राजवंशी सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन् ।
मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिनेछन् । आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहने छन् ।
उपाधिका लागि भारतविरुद्ध खेल ८:४५ बजे सुरु हुनेछ ।
सुरुवाती ११ खेलाडी :-
१.किरण कुमार चेम्जोंग (कप्तान/गोलरक्षक)
२.अनन्त तामांग, ३. दिनेश राजवंशी, ४.गौतम श्रेष्ठ, ५.सुमन अर्याल, ६.पुजन उपरकोटी, ७.तेज तामांग, ८.रोहित चन्द, ९.सुजल श्रेष्ठ, १०. नवयुग श्रेष्ठ, र ११. सुमन लामा