Banner

साफ च्याम्पियनशिपको उपाधि भारतलाई : भारत संग नेपाल ३-० ले पराजित

 

मकै हाउस न्युज,

पहिलो पटक फाइनल पुगेको नेपाल भने फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भयो फाइनलको पहिलो हाफ गोलरहितबराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै गोल गर्दै खेलमा पकड जमाएको थियो दुई गोललेपछि परेपछि आक्रामक रणनीति अपनाएको नेपालले खेलमा जित हासिल गर्न भने सकेन अन्त्यमा गोल थप्दै भारतले आठौं उपाधिपक्का गर्यो

खेलको चौथो मिनेटमा नै कप्तान किरण चेम्जोङले दोहोरो बचाउ गर्दै खेल गोलरहित राखे यासिर मोहमदको पेनाल्टी क्षेत्र बाहिरकोप्रहारलाई पहिलो पटकमा विफल पारेका किरणले रिबाउन्डमा अनिरुद्ध थापाको वन भर्सेस वनको प्रहारलाई उत्कृष्ट ढंगले बचाए त्यसपछि लगत्तै अर्कोतर्फ नेपालको काउन्टरमा नवयुग श्रेष्ठको अन्तिम प्रहार आकासियो

१४ औं मिनेटमा भारतको लगातार आक्रमणलाई नेपाली डिफेन्सले गोल हुन दिएन लगातारको तीन प्रहार डिफेन्सले छेकेपछि अन्तिमप्रहार भने गोलरक्षक किरणको हातमा टुंगिएको थियो १७ औं मिनेटमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर चिप्लेपछि सुवर्णअवसर पाएपनि दुर्भाग्यवश उनी पनि चिप्लिन पुग्दा अन्तिम प्रहार गर्न सकेनन्

२७ औं मिनेटमा सुनिल क्षेत्रीले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहारलाई किरणले बचाए ४३ औं मिनेटमा लालेङमावियालेपेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ४४ औं मिनेटमा यासिरको क्रसमा सुनिलको भली प्रहार पोस्टभन्दामाथिबाट जाँदा खेल बराबरीमा रहेको थियो

दोस्रो हाफको सुरुवाती समयमा नै भारतले लगातार गोल गर्दै खेलमा पकड जमाएको थियो खेलको ४८ औं मिनेटमा कप्तान सुनिलक्षेत्रीले भारतलाई सुरुवाती अग्रता दिलाएका थिए उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए लगत्तै सुरेश सिंहवाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे उनले यासिर मोहमदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए

६६ औं मिनेटमा सुनिलले नेपालको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई किरणले उत्कृष्ट बचाउ गरे ७३ औं मिनेटमाकिरणले अनिरुद्धको फ्रिकिकलाई बचाउँदै भारतलाई अग्रता बढाउने अवसर दिएनन् ७७ औं मिनेटमा मनिष डाँगीको लामो पासमारोहितको फ्लिक हेडर क्रसबारमा लाग्दा नेपाल खेलमा फर्कने अवसरबाट बन्चित भयो

८० औं मिनेटमा रोहितले आफ्नो पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै उदान्त सिंहको अन्तिम प्रहारलाई विफल बनाएका थिए ८४ औंमिनेटमा मनिषको लामो दुरीको प्रहारले पोस्टको दिशा लिन सकेन खेलको ९० औं मिनेटमा नेपाल आक्रामक भएको फाइदा उठाउँदैसहाल अब्दुलले सहजै गोल गर्दै भारतको सहज जित गरेका थिए

आजको खेलमा गोलरक्षकमा कप्तान किरण चेम्जोङ, डिफेन्डरमा अनन्त तामाङ दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमागौतम श्रेष्ठ सुमन अर्याल खेलेका थिए मिडफिल्डमा पुजन उपरकोटी तेज तामाङलाई रोहित चन्दले साथ दिँदा आक्रमणमा सुजलश्रेष्ठ, नवयुग श्रेष्ठ सुमन लामा रहेका थिए

५६ औं मिनेटमा नेपालले तीन खेलाडी परिवर्तन गरेको थियो विशाल राई, मनिष डाँगी आयुष घलान मैदान प्रवेश गर्दा सुमन अर्याल, सुजल श्रेष्ठ गौतम श्रेष्ठले मैदान छाडेका थिए नेपालले त्यसपछि अनन्त, दीनेश रोहितलाई डिफेन्समा खेलाउँदै आक्रामक रणनीतिलिएको थियो ६५ औं मिनेटमा सुमन लामाको स्थानमा सुनिल बल मैदान प्रवेश गरेका थिए ८१ औं मिनेटमा पुजन उपरकोटीकोस्थानमा सन्तोष तामाङ मैदान छिरेका थिए

:- हाम्रो खेलकुद.कम

Loading...