
प्रमोद खरेलको ‘मोहनी’मा पुर्ण लम्साल, लक्ष्मी वली र यसोदा सिवाकोटी (भिडियो सहित)
मकै हाउस न्युज,
गायक प्रमोद खरेलको ‘मोहनी तिम्रो रुपले’ गितको म्युजिक भिडियो भर्खरैसार्बजनिक भएको छ ।

गायक प्रमोद खरेलको स्वरमा सजिएको गित ‘मोहनी’ मा संगित हिमाल सागरले गरेका हुन भने उक्त गितलाई पुर्ब बाणिज्यदुत,नेपालमहाबाणिज्यदुतको कार्यालय न्युयोर्क तथा गितकार कृशु क्षेत्रीले लेखेका हुन् ।
भिडीयोलाई नौलो र नबिन तरीकाले प्रस्तुत गरीएको छ । ३ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल पुर्ण लम्साललाईयसपाली भने निकै भिन्न चरित्रमा देख्न सकिन्छ ।

एउटा निर्दोष अनि असामान्य मान्छेमा पनि सुन्दर नारी प्रति अचम्मै झुकाव र आकर्षण रहन्छ भनि देखाउन खोजिएको छ ।
एउटा असामान्य मान्छेको सुन्दर नारीहरु प्रतिको पछ्याईलाई २ जना सुन्दरी नारीले आफ्नो सुन्दरताको फाईदा उठाउदै फोन मार्फत उक्तयुवालाई आफ्नो कोठामा बोलाई रामधुलाई दिएको कथालाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ ।
भिडियोमा पुर्ण लम्सालको उत्कृष्ट अभिनय देख्न सकिन्छ भने पुर्णलाई यस् अघि पनि २ वटा म्युजिक भिडियोमा अभिनय गरीसकेकीमोडल लक्ष्मी वली र यसै म्युजिक भिडियो बाट डेब्यु गरेकी मोडल यसोदा सिवाकोटीले साथ दिएकी छिन् ।
म्युजिक भिडियो अमेरीकाको ओहायो राज्यको बिभिन्न स्थानमा छायांकन गरिएको हो । बिक्की पुलामीको निर्देशनमा तयार भएकोभिडियोलाई सैलेश घलेले छायांकन गरेको हो भने बिष्णु खड्काले सम्पादन गरेका हुन् ।
भिडियो मोडल पुर्ण लम्सालको आधिकारिक युट्युब च्यानेल ‘P&H Production” बाट सार्बजनिक गरिएको हो ।