Banner

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरी पुन: ३ बर्ष कार्यकालको लागी नियुक्त

 

 

मकै हाउस न्युज,
काठमाडौँ
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीबिचपहिलो पटक औपचारीक भेट भएको

थप वर्षका लागि नेपाली टिमको प्रशिक्षकका रुपमा नेपाल फर्किएका अल्मुताईरीको स्वागतमा खेलकुद मन्त्रालयले आईतबार विशेषकार्यक्रमको आयोजना गरेको थियो सिंहदरबारस्थित मन्त्रालयमै आयोजना गरीएको उक्त कार्यक्रममा खेलकुद मन्त्री महेश्वरजंगगहतराज (अथक) ले अल्मुताईरीलाई दोसल्ला ढाका टोपी लगाएर स्वागत तथा सम्मान गर्नुभयो नेपाली फुटबल क्षेत्रलाई नयाँउचाईमा पुर्याउन अल्मुतारीले पुर्याएको योगदान अतुलनिय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामयराख्दै काम गर्न आग्रह गर्नुभयो मन्त्री अथकले अल्मुताईरीको आगमनपछि नेपाली खेलकुद क्षेत्रमा तरङ्ग उत्पन्न भएको यसलेविशेषगरी नेपाली फुटबलमा बेग्लै आशा जागेको बताउँदै गोर्खाली स्प्रिडलाई कायम राख्दै अगाडी बढ्न आग्रह गर्नुभएको हो

तपाईले नेपाली फुटबलमा मात्र नभई सिङ्गो खेल क्षेत्रलाई तरङ्गीत बनाउनुभएको ”, मन्त्री अथकले भन्नुभयो, “नेपाली फुटबलखेलाडीलाई गोर्खाली शैलीमा खेल्न प्रोत्साहित गरेर फुटबल विकासमा नयाँ आश जगाउनुभएको सरकार तपाईको साथमा , ढुक्कभएर काम गर्नुहोस विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुतारीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएकोभन्दै मन्त्री अथकले खुसी ब्यक्त गर्नुभयो स्वागत पछि प्रतिक्रिया दिदैं अल्मुतारीले नेपाल नेपालीहरुको मायाँले आफु पुन नेपालफर्किएको बताउनुभयो आजको दिन आफ्नो जिवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुतारीले नेपालले आफुलाई धेरै मायादिएको बताउनुभयो नेपालको खेलका दौरान तथा आफु माल्दिभ्समा रहँदा समेत खेलकुद मन्त्रीले आफुलाई निरन्तर टेलिफोन गरेरहौसला प्रदान गरेको नेपाल आएलगत्तै मन्त्रालयमा बोलाएर स्वागत गरेकोमा अल्मुताईरीले मन्त्री अथक मन्त्रालय प्रति आभार ब्यक्तगर्नुभयो

माल्दिभ्स बसाईको क्रममा बिभिन्न देशले ठुलो रकममा आफुलाई प्रशिक्षककालागि प्रस्ताव गरेपनि नेपालीहरुको मायाँ सम्झिएर आफुपुन नेपाल फर्किएको बताउदै अल्मुताईरीले भने, “माया भन्दा ठुलो कुरा पैसा होईन मन्त्रालयका कर्मचारी एन्फाकापदाधिकारीहरुको समेत उपस्थितीमा भएको स्वागत कार्यक्रममा मन्त्री अथक अल्मुताईरीबिच फुटबलको विकासका सन्दर्भमा करिब४५ मिनेट लामो छलफल भएको थियो शनिबार नेपाल फर्किएका अल्मुतारीको थप तीन वर्ष नेपालकालागि फुटबल प्रशिक्षककारुपमा काम गर्नुहुने भएको

Loading...