
हिमाल र समिक्षाको ‘मायाले मायाले’ सार्बजनिक-पल,पुजा र जितुको बेजोड प्रस्तुति (भिडियो)

मकै हाउस न्युज,
गायक हिमाल सागर र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको “मायाले मायाले” बोलको गीतको भिडियो सार्बजनिक भएको छ ।
उक्त गितमा शब्द दीपक प्रसाद वली र संगित अर्जुन पोखरेलको रहेको छ । गितको भिडियोलाई काठमाडौंमा एक कार्यक्रमकोआयोजना गरी सार्वजनिक गरिएको छ ।
संगीतकार अर्जुन पोखरेलले यो गीतलाई लोक शैलीको डान्सर नम्बर भनेका छन् । यस्तै, यो गीतका गीतकार दीपक प्रसाद वलीले आफूआइसीयूमा रहेको समयमा यो गीत कोरेको बताए।

यो गीतको भिडियोमा कलाकार पल शाह, पुजा शर्मा, जितु नेपाल र स्वयं गायक गायिकाद्वय हिमाल सागर र समिक्षा अधिकारीकोसमेत अभिनय रहेको छ । विधान कार्कीको निर्देशनमा तयार भएको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी र माधव शर्माको एसोसियट निर्देशन रहेको छ ।
भिडियो सार्बजनिक कार्यक्रममा बोल्दै कलाकार जितु नेपालले आफूले म्युजिक भिडियोमा काम नगरेपनि गीत र भिडियोको कथासुनेपछि काम गर्न उत्साहित भएको बताए । यस्तै, नायिका पुजा शर्माले एउटा राम्रो गीतमा राम्रो टिमसँग टिमअप गरेको सुनाइन् ।