Banner

आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको आज विशेष पूजा आराधना गरिँदै

 

 

मकै हाउस न्युज,

काठमाडौं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै

यमपञ्चकको तेस्रो दिन कार्तिक कृष्ण औँशीको साँझ ऐश्वर्य, धन धान्य सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ

सफासुग्घर लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर गाईको गोबर एवंरातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ यस दिन घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ

सुखरात्रिको पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर रातोमाटाले लिपपोतगरेर चामलको पीठो अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ हाल पालामा दियोका स्थानमा मैनबत्तीबाल्ने प्रचलन बढेको

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ

लक्ष्मीपूजापछि कन्या छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन घरमा लक्ष्मीपूजा गरेपछिधनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास

साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य पाताल तीनै लोकको शासनगर्ने वरदान बलिराजालाई दिएको वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएकोहो

भलो होसभन्ने शब्द नै समयक्रममा अपभ्रंश भई भैलो हुन आएको विश्वास गरिन्छ भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा सेलरोटी दिइन्छ

लक्ष्मीपूजाका दिनमा साँझ शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ कुल परम्परानुसार कतै बिहानै गाईको पूजा गरिन्छ तरशास्त्रीय रुपमा भने औँशीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको पञ्चाङ्ग निर्णायक समितिकापूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउनुहुन्छ

Loading...