
साहित्य राजनीतिसंग समुचित हुन आवश्यक
कात्तिक २५, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका स्थित थलीमा आयोजीत एक कार्यक्रममा वक्तहरुले साहित्य राजनीतिसंग समुचित हुनुपर्ने धारणा राखेका छन् । मनोहरा नगरपालिका वडा नं. १ निवासी प्रकाश थापा ( अदिप्त प्रकाश) द्वारा लिखित दोस्रो काविता सङ्ग्रह ‘संवेदनाको विज्ञप्ती’ विमोचन समारोहमा उक्त भनाई राखेका हुन् ।

वुधाबार आयोजीत उक्त कार्यक्रममा सोही नगरपालिका वडा नं. १ का अध्यक्ष मकुन्द गजुरेलले साहित्य समाजका अदृश्य वस्तुहरुको प्रतिविम्ब भएको उल्लेख गर्दै साहित्यले समाजमा चेतनाको दियो बाल्ने काम गर्ने बताए । अध्यक्ष गजुरेलले शुभकामना मन्तव्य राख्दै साहित्यको माध्यमबाट समाज र चेतना विस्तर गर्न सक्ने र सिर्जनशील क्षमताको विकास गर्ने भएकोले साहित्यलाई उत्थान गर्न लाग्नुपर्ने बताए । उनले आफ्नो नगरपालिकाभित्रका कला, साहित्य, सिर्जना र संस्कृतिको प्रर्वद्धनमा सबै नगरपालिका अग्रसर रहेको बताए । दोश्रो कृतिको रुपमा रहेको यो पुस्तक साहित्यिक मनहरुलाई मात्र नभई समाजकै लागि आवश्यक कृति बिमोचन भएको वडा अध्यक्ष गजुरेलले बताए ।

सामाजिक परिवेशभित्रको मानवीय चेतनालाई आत्मबोध गराउने अदीप्त प्रकाशको दोस्रो कृति ‘संवेदनाको विज्ञप्ती’ को विमोचन प्रमुख अतिथिका रुपमा रहेका समालोचक तथा लेखक प्राध्यापक डा. राम प्रसाद ज्ञवालीले गरेका हुन् । कार्यक्रममा बोल्दै प्रा.डा. ज्ञवालीले प्रकाशको कृतिमा मानवीय मूल्यप्रति सामाजिक चेतना रहेको उल्लेख गरे । कविमा मसिनो र गहन तरिकाले भाबनात्मक र कलात्मक रुपमा प्रस्तुत गर्न सक्ने अन्तर्निहित क्षमता रहेको कुरा राख्दै निराशाजनक नभई मानिस बदल्ने कबिता लेख्नु पर्ने धारना समेत राखेका थिए ।

कार्यक्रममा बरिष्ठ साहित्यकार गोबिन्द घिमिरे ‘बेदमणि’ ले समग्र साहित्य र बिमोचित कृतिको बारेमा बिबेचना गरेका थिए भने गीतकार बि बि थापाले पनि कृतिका बारेमा प्रकाश पार्नु भएको थियो।