Banner

पोर्चुगललाई हराउदै सर्विया विश्वकपमा छनोट

 

एजेन्सीसुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ कोलागि सोझै छनोट हुन असफल भएको

घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा सर्वियासँग ले स्तब्ध हुदै पोर्चुगल विश्वकपमा सोझै छनोट हुन असफल भएकोहो यो जितले सर्वियाले पोर्चुगललाई पछि पार्दै समूहबाट विश्वकपमा स्थान पक्का गरेको

पोर्चुगललाई विश्वकपमा सोझै छनोट हुन बराबरीको नतिजा पर्याप्त हुने भएपनि हार बेहोर्न पुग्दा विश्वकपमा छनोट हुन असमर्थ बन्यो अब पोर्चुगलले प्ले अफको बाटोबाट विश्वकप छनोटका लागि खेल्नेछ प्ले अफका खेलहरु मार्चमा हुनेछ

सर्वियाको जितमा डुसान टाडिक एलेक्सानडर मित्रोभिकले गोल गरे रेनाटो सान्चेजको गोल सान्त्वना बन्यो लिस्वोआमा आइतबारराति भएको खेलमा पोर्चुगलले खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजको गोलबाट अग्रता लिएको थियो उनले बर्नाडो सिल्भाकोपासमा गोल गरेका थिए

तर, त्यो अग्रतालाई पोर्चुगलले अन्तिम समयसम्म जोगाउन सकेन ३३औं मिनेटमा डुसान टाडिकले सासा लुकिकको पासमा गोल गर्दैखेललाई गोलको बराबरीमा ल्याए घरेलु टोली पोर्चुगलले सर्वियासँग बल पोसेसन समेत गुमाएको थियो

खेलको अन्त्यतिर ९०औं मिनेटमा एलेक्सान्डर मित्रोभिक गोल गर्दै सर्वियाको जित पक्का गर्दा पोर्चुगल घरमै स्तब्ध बन्न पुग्यो टोलीकाकप्तान क्रिस्टियानो रोनाल्डोले खेलमा गतिलो प्रदर्शन गर्न सकेनन्

समूहमा सर्वियाले खेलबाट २० अंक जोड्यो पोर्चुगलले १७ अंक जोड्यो यो समूहमा आयरल्यान्ड लक्जेमवर्गले समान अंक जोड्दा अजरवैजान अंक जोडेर पुछारमा रह्यो

यही समूहको अर्को खेलमा आयरल्यान्डले लक्जेमवर्गलाई ले पराजित गरेको आयरल्यान्डको जितमा सेन डुफी, चिडोजीओग्वेने कलुम रोविन्सनले गोल गरे सबै तीन गोल दोस्रो हाफमा भएको थियो

:- हाम्रो खेलकुद.कम

Loading...