
कार्ड्स कर्पोरेशनद्वारा व्यवसायीक कृषिमा, सामूहिक लगानी विषयक अंतर्क्रिया कार्यक्रम सम्पन्न
मकै हाउस टिभी एण्ड न्युज, दोहा – प्रवासी नेपलीहारूको सानो लगानीलाई स्वदेश भित्राउने र कृषि क्रान्ति गर्ने उद्देश्य लिएको कार्डस् कर्पोरेशनले व्यवसायीककृषिमा सामूहिक लगानी विषयक अंतर्क्रिरया कार्यक्रम गत शुक्रबार कतार स्थित नेपाली राजदूतावासको सभाहलमा सम्पन्न गरेको छ।
कार्ड्स कर्पोरेशनका अध्यक्ष मोहन बहादुर कार्कि क्षेत्रिको सभापतित्व तथा नेपाली राजदूतावास कतारका कार्यवाहक राजदूत तथानियोग उपप्रमुख लक्ष्मण खनालको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा भर्चुअलरूपमा समेत झण्डै २२ राष्ट्रहरूबाटसहभागिता रहेको थियो ।
भूमि आयोग नेपालका उपाध्यक्ष नहेन्द्र खड़काको विशिष्ठ आतिथ्यतामा रहेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिखनलाले कार्ड्सले संचालन गरेको परियोजना राजदूतावासको कार्ययोजना भित्र समेत रहेको बताए । खनाले थपे, “प्रवासकोलगानीलाई स्वदेशमा परिचालन गर्नु हाम्रो उदेश्य भित्र पर्छ । तसर्थ यहाँहरूले शुरुआत गरेको परियोजना विश्वसनीय र भरपार्दो होस्, लगानीलाई कसरी सुरक्षित, विश्वसनिय र विश्वव्यापी बनाउन सकिन्छ भन्ने तर्फ ध्यान दिनुहोला ।“
खनालले वैदेशिक रोजगारी भनेको मुलुक सन्चालन गर्ने एउटा पाटो हो तर दीर्घकालीन रुपमा यसको योगदान नहुनपनी सक्छ त्यसैलेबैदेशिक रोजगारीलाई दक्षताको लागि उपयोग गर्नुपर्ने र कृषीलाई व्यवसायीक कृषि को रुपमा अगाडि बढाउन सुझाव दीएका थिए ।
त्यस्तै विशिष्ठ अतिथि खड्काले नेपालको कृर्षी र भुमिको अवस्था र सम्भावना माथि विवेचना गर्दै कार्डसले त्यस तर्फ गम्भिरतादेखाएको प्रति खुशि व्यक्त गर्दै भने, नेपालमा कृषि र भुमिको अवस्था र सम्भावना माथि विवेचना गर्दै कार्डसले त्यस तर्फ गम्भिरतादेखाएको प्रति खुशि व्यक्त गर्दै भने, नेपालमा कृषिको प्रचुर सम्भावना रहेको भन्ने हामीसबैलाई थाहा छ तर त्यसलाई सदुपयोग गर्नसकेका छैनौं, मलाई विश्वास छ, काड्सले कृषीलाई आधुनिकी करण गर्दै संस्थागत विकास गर्ने छ र नेपालको एक उदाहरणीय ब्राण्डनिर्माण गर्नेछ
विभिन्न संघसंस्था, बुद्धिजीवी, व्यवसायी तथा कतारमा कार्यरत श्रमिकहरुको उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै साभपतिकार्कीले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका नेपालीहरुले नेपालमै लगानी गरि आत्मनिर्भर बन्नु पर्छ र रोजगारिकोसृजना गर्ने भन्ने उदेश्यले कर्पाेरेशन खोलिएको जानकारी गराएका थिए । बहुसंख्यक रूपमा खाडीमा कार्यरत श्रमिकको प्रत्यक्ष लगानीरहेको पनि अध्यक्ष कार्किले जानकारी गराए ।
कर्पोरेशनका अन्तराष्ट्रिय समन्वय विभाग प्रमुख के बि हमालको स्वागत मन्तव्यबाट शुरुवात गरिएको कार्यक्रममा योजनाकार प्रमुखतथा कतार समन्वय विभागका अध्यक्ष कृष्ण पन्थिले संस्थागत गतिविधिहरुलाई प्रस्तुत गर्दै कृषि मात्र नभई ट्राभल्स एण्ड टुर, होटल रबिल्डिङ कन्ट्रक्सनमा समेत निकट भविष्यमा अगाडि वढ्ने जानकारी दिएका थिए । पन्थले थपे ’अहिले कृषीबाट व्यावसाय शुरु गरेकाछौं र यसको छुट्टै ब्राण्ड निमार्ण गर्ने छौं भने अन्य क्षेत्रमा समेत लगानी शुरुवात गर्नेछौं ।’
कार्डस् कर्पोरेशनका प्रवक्ता तथा कार्ड्स अर्गनाइजेशन अन्तर्राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष दिपजंग शाहले सहजीकरण गरकोकार्यक्रममा कार्डसका संस्थापक अध्यक्ष मिक्की माउस लिम्बु, एनआरएनए आईसीसी सचिव आर.के शर्मा, एनआरएनए आईसीसीप्रवक्ता डि.बि क्षेत्री, एनआरएनए आईसीसी सल्लाहकार टि.बि. कार्की, नेपाल व्यवसायी संघ कतारका प्रमुख संरक्षक तथा एनआरएनएआईसीसी सस्थापक उपाध्यक्ष एवं कतारका पुराना र सफल व्यवसायी डा. देव काजी डंगोल, एनआरएनए आईसीसी सदस्य तथानेपाली महिला समाज कतारका अध्यक्ष सरिता भण्डारी, एनआरएनए आईसीसी सदस्य तेज कटुवालले आफ्नो अनुभाव, सम्भावना रऔचित्य माथि विवेचनात्मक सम्बोधन तथा अन्तरकृयात्मक सुझाव दिदैं सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रमलाई एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान, नेपाल जनप्रगतिशिल मंच कतारकाकार्यवाहक अध्यक्ष बुद्धि भण्डारी, नेपाली प्रवासी एकता मंच कतारका अध्यक्ष रामहरी गैरे, नेपाल पत्रकार महासंघ कतार शाखाकाअध्यक्ष करिम बक्स मिया, प्रदेश नम्बर २ का संयोजक नियाज शेख, नेपाल मुस्लिम समाज कतारका अध्यक्ष स्माईल पन्त लगायतलेअन्तरकृयात्मक सुझाव दिदैं सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम दीप संचार मीडिया तथा जिएनएन संग आवद्ध तथा संसार भरका विभिन्न मीडिया तथा फ़ेसबुक पेजहरूबाट प्रत्यक्ष प्रशारणगरीएको थियो।