
सर्लाहीमा नेपाल कराते खेलका जन्मदाता थानेश्वर राई संग बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न
मकै हाउस टिभी एण्ड न्युज,
सर्लाही । नेपाल सितोरियो कराते संघ, सर्लाही जिल्ला शाखाको आयोजनामा सर्लाहीको लालबन्दिमा नेपालमा कराते खेलका जन्मदाता तथा भिष्मपिता थानेश्वर राईलाई सिन्धुलि, रामेछाप र प्रदेश नंबर २ का सितोरियो कराते खेलका सम्पुर्ण प्रशिक्षकहरु द्वारा भब्य स्वागत तथा सम्मान कार्यक्रमको साथै कराते खेलको बिकास र भाबि योजना बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपालमा कराते खेलका जन्मदाता तथा प्रमुख प्रशिक्षक थानेश्वर राई बिगत केही बर्ष देखि परिवार सहित संयुक्त राज्य अमेरीकाकोन्युयोर्कमा बसोबास गर्दै आईरहनु भएको छ । महागुरु/जन्मदाता तथा प्रमुख प्रशिक्षक राई नेपाल गएको बेला बिशेष मौका पारीसितोरीयो कराते प्रशिक्षक तथा अन्तराष्ट्रिय रेफ्री चित्र बहादुर पुलामीको नेतृत्वमा ‘नेपाल कराते महासंघका जन्मदाता सितोरियोकरातेका Grand Master dai sensai आदरणिय गुरु थानेश्वर राई (T.S. Rai) ज्युको स्वागत स्वरुप प्रदेश नम्बर २ का प्रशिक्षकहरुसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम’ “सुस्ताउन लागेको कराते गतिबिधिलाई पुनर्ताजगी हाम्रो उदेश्य अनि अभियान” को मुख्य नाराराखी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सिन्धुली, रामेछाप र प्रदेश नम्बर २ का सम्पुर्ण प्रशिक्षक, सहायक प्रशिक्षक र स्वंयसेवक प्रशिक्षकहरु गरी १२५ जनाप्रशिक्षकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा भाबी दिनमा सितोरियो कराते खेलको बिकासको लागी चाल्नु पर्ने आबश्यककदम, पहल र सुस्त गतिमा अगाडी बढीरहेको सितोरियो करातेलाई कसरी तिब्र गतिमा अगाडी बढाउने बारे बिषयमा बिशेष अन्तरक्रियाकार्यक्रम भएको थियो ।


कार्यक्रममा बोल्दै कराते खेलका जन्मदाता तथा Grand Master थानेश्वर राईले आज पनि सम्पुर्ण कराते प्रशिक्षकहरुको सितोरियोखेल प्रतिको लगाव, सद्भाव र सितोरीयो कराते खेलको भबिष्य प्रतिको चिन्ता, यस्को बिकास र सितोरीयो कराते खेलको गतिबिधीतिब्ररुपमा अगाडी बढाउनु पर्ने हौसला र जागरुकता देखेर निकै नै खुशी लागेको बताउनु भयो ।