Banner

टेक्सासको ह्युस्टनमा “गजल उत्सव”

 

 

ह्युस्टन,टेक्सासदेशदेखि टाढा प्रवासमा आयोजित यस्ता उत्सवहरुले साहित्यक मनहरुलाई ठूलो राहत पुर्याएको देशमा हुने गरेकाकार्यक्रमहरु हेरेर आफ्नो अनुपस्थितिले प्रवासमा मन खुम्चाउनु पर्ने अवस्था क्रमश कम हुँदै गएको

अमेरिका स्थित ह्युस्टन शहरमा गत २० नोभेम्बरका दिनगजल उत्सवभव्य रुपमा सम्पन्न भएको अन्तर्राष्ट्रीय साहित्य समाजह्युस्टन च्याप्टर गजल यात्राको आयोजनामा सम्पन्न महोत्सवमा अमेरिकाको विभिन्न राज्यबाट चालीसजना गजलकारहरुकोसहभागिता रहेको थियो

नयाँ पुराना गजलकारहरुले एक से एक उत्कृष्ट गजलहरु वाचन गरेर दर्शक स्रोताको वाहवाह तालीसँगै मन पनि जितेका थिए दिउँसो चार बजेदेखि शुरू भएको गजल वाचन राती मा सकिएको थियो

कार्यक्रममा गजल वाचन मात्र होइन, गायन नृत्यको पनि बेजोड प्रस्तुति थियो शुरुमा शनिबार बिहान गजल यात्राले आयोजना गरेकोअन्तरक्रिया कार्यक्रममा गजल लेखन अमेरिकामा कस्तो , गजलको गुणस्तर सुधार कसरी गर्ने सम्वन्धमा छलफल गरिएको थियो

गजल उत्सवमा गजलकारहरु गोबर्धन पूजा, कृष्ण कुसुम, डिल्लु चम्लागाईं, रोहित राना, पुरानाघरे, भूपेन्द्र महत, सतिश त्रिपाठी, बासुपौडेल, पवन लामिछाने, राधाकृष्ण काफ्ले, बासुपुष्पा अधिकारी, बिटु केसी, सारदा पाठक, पूजा वागीश, खेमराज गैराघरे, विदुर दवाडी, मोदनाथ सादा, निलहरि आचार्य, मदन दुलाल, शारदा धिताल, रोशन श्रेष्ठ, अमृत कंडेल, मणि गौतम, कञ्चन भुषाल, अश्मिता आचार्य, आनन्द मोहन खनाल, मिलन कोइराला, दीपेन्द्र गौतम, पुण्य प्रकाश, राजीव घिमिरे, मिलन खराल, मोहन भण्डारी, केशवराज ज्ञावलीलेगजल वाचन गरेका थिए

त्यसैगरी महेश्वर पन्त, केशव पौडेल, बिमल पराजुली सविन दंगालले गजल गायन प्रस्तुत गरेका थिए गजल नृत्यबाट रूपेश उप्रेतीलेदर्शकलाई मन्त्र मुग्ध बनाए महोत्सवका संयोजक एवं अन्तर्राष्ट्रिय सहित्य समाज ह्युस्टनका उपाध्यक्ष सतिश त्रिपाठीले गजलउत्सवलाई अतर्राष्ट्रियव्यापी गर्ने सोच रहेको बताए

महोत्सवमा अतर्राष्ट्रिय साहित्य समाज ह्युस्टनका अध्यक्ष बासु पौडेले यस्ता कार्यक्रमलाई भविष्यमा अझ विस्तृत बनाउनुपर्ने विचारव्यक्त गरे गजल यात्राका अभियन्ता द्वय पवन लामिछाने बासुपुष्पा अधिकारीले नियम संगत कार्यको समान बाँडफाँड गरी आगामीदिनमा गजल उत्सवलाई अगाडि बढाउने बताए

गजल उत्सव लाई सम्पन्न गर्न आर्थिक सहयोग गर्ने स्थानीय अमेरिकाका अन्य शहरहरुका सहयोगी संस्था व्यक्तिहरुलाईप्रसंसापत्र द्वारा सम्मान गरिएको थियो गजल उत्सवका सम्पूर्ण कार्यक्रम हिमालय खबरका सहसम्पादक सुजन पण्डितले प्रत्यक्षप्रसारण गरेका थिए उत्सवमा सहभागी गजलकारहरु अत्यन्त खुशी उत्साहित देखिएका थिए

दीप संचार मीडिया सम्मानित

यसै विच गजल यात्रा अनेसास ह्यूस्टनको आयोजा मा सम्पन्न गजल उत्सव मा दीप संचार मीडियालाई एक प्रंशसा पत्र सहितसम्मानित गरीएको छ।

पत्रमा आगामी दिनमा निरन्तर साथ तथा सहयोगको अपेक्षा सहित भनिएको , ‘गजल यात्रा आनेसास ह्यूस्टनको बेजोड़ प्रस्तुति गजलउत्सव मा तपाई दीप संचार मीडिया को उत्साहजनक सहभागिता तथा अमूल्य सहयोगको कदर गर्दै यो प्रंशसा पत्र प्रदान गरीएको छ।

Loading...