
अमेरीकाको मेरील्यान्डमा एक नेपाली महिलाको गाडीको ठक्करबाट मृत्यु
मकै हाउस टिभी एण्ड न्युज
मेरील्यान्ड । नेपाल झापाको बुद्धशान्ती गाउँपालिकाकी स्थायी घर भएकी ४० बर्षीया बर्खा खड्का प्रसाई अमेरिकाको मेरिल्याण्डमा बस्दैआईरहेकी थिईन । गत सोमबार बेलुका ७ बजे अमेरिकाको मेरिल्याण्डमा आफन्तकोमा बसेर घर फर्कने क्रममा ट्रेनबाट निस्केर बाटोक्रस गर्ने क्रममा प्रिन्स जर्ज काउन्टीमा सपर्स वे मा मेडिकल सेन्टर ड्राइभ पार गर्न लाग्दा गाडीले ठक्कर दिएको थियो । पछी तत्कालैनजिकको अस्पतालमा लगिएको थियो तर अस्पताल पुग्ने बितिक्कै उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
प्रसाईलाई ठक्कर दिए पछी गाडी सहित घटनास्थलबाट फरार भएका चालकलाई पछि प्रहरीले नियन्त्रणमा लिइएको छ।
बर्खा खड्का प्रसाई बिगत केही समय देखी इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेशन (आईओएम) संस्थामा कार्यरत थिईन ।अफगानिस्तानबाट आएका शरणार्थीहरुको कामका लागि भर्जिनियाको फोर्टलीमा रहेको आर्मी क्याम्पमा खटाइएको
प्रसाई दुईमहिना अगाडिमात्र आईओएम अन्तरगत अमेरिकामा काम गर्नका लागि आएकी थिइन् ।