Banner

न्युयोर्क शहरका वित्तीय प्रमुखबाट तामाङ समाज अमेरिकाको अध्यक्ष सम्मानित

मंसिर १९, काठमाडौँ । गत डिसेम्बर ३, २०२१ का दिन एक समारोहबीच तामाङ समाज अमेरिकाको अध्यक्ष विनिता तामाङ लगायत अन्य व्यक्तित्वहरु न्युयोर्क शहरका वित्तीय प्रमुखबाट सम्मानित भएका छन्।

नेपाली अमेरिकी डायस्पोरा माझ लामो समयदेखि नेपाली समुदायको अधिकारको लागि नेतृत्व पंक्तिमा बसेर सक्रिय भूमिका निर्वाह गरिरहेका व्यक्तित्व हुन् – विनिता तामाङ। नेपालमा सिन्धुली घर भइ हाल न्युयोर्कको क्विन्समा बस्ने विनिता तामाङ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को केन्द्रीय सदस्य, तामाङ समाज अमेरिकाको महासचिव, दक्षिण एशियाली अमेरिकन प्रथम सम्मेलनका युवा संयोजक हुँदै नेपाली अमेरिकन डायस्पोराको सबैभन्दा बृहत्तर कार्यक्रम नेपाल डे परेडका अभियन्ता पनि हुन्। नेपालमा रहँदा महिला अधिकारको क्षेत्रमा कार्यरत तामाङ यही साल मात्र तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्। उनी नेपाली अमेरिकी डायस्पोराका एक प्रभावशाली महिला नेतृ हुन्।

 

अन्य सम्मानित हुनेमा रिजवुड नेपाली समाजका निवर्तमान अध्यक्ष रबिकिरण कोइराला पनि छन्। त्यसै गरेर वित्तीय प्रमुखको कार्यालयबाट नेपाली समुदायमाझ नयाँ भूमिकामा जिम्मेवारी निर्वाह गरिरहेका क्रमशस् सन्तबहादुर तामाङ, किर्त तामाङ, राजु तामाङ, बुद्धिमान वाईवा, दिलमाया तामाङ, भोज गोम्बा, बुद्धिमान तामाङ र धुतराज तामाङलाई प्रंशसा(पत्र प्रदान गरिएको छ।

यस सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति अमेरिकाका सचिव भोजराज थोकर, विशेष अतिथिहरु तामाङ समाज अमेरिकाका सल्लाहकार अक्कल तामाङ र टेकमान तामाङ ग्यालथेनहरुबाट सम्मानपत्र एवं प्रशंसापत्र वितरण गरिएको थियो। एल्मर्ष्ट अस्पतालका बोर्ड सल्लाहकार लुईसाङ वाईवा तामाङले सम्मानित व्यक्तित्वहरुलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए। तामाङ समाज अमेरिकाका महासचिव राजु तामाङले कार्यक्रम संचालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष सन्तवहादुर तामाङले स्वागत मन्तब्य राखेका थिए।

Loading...