
‘रमझम सॅाझ २०२१, न्युयोर्क’मा भ्वाईस अफ नेपाल ३ बिजेता किरण गजमेर पनि आउदै
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । नेपाली अमेरीकन कलाकार संघ, नर्थ अमेरीकाले क्रिसमस पर्वलाई अवसर पारी डिसेम्बर २६ आईतबारको दिन “रमझम सॅाझ”कोआयोजना गर्न लागेको हो । कार्यक्रम ३७–११ ५७ स्ट्रिट, वुडसाईड, न्युयोर्क स्थित क्विन्स प्यालेस हलमा हुनेछ कार्यक्रम बेलुकीको७:०० बजे बाट सुरु भई २:०० बजे सम्म चल्नेछ ।
“रमझम सॅाझ २०२१”को लागी ‘भ्वाईस अफ नेपाल, सिजन ३,का बिजेता किरण गजमेर पनि आउने पक्का भएको छ । सोमबारमात्र संस्थाकी महासचिब/लोक तथा दोहोरी गायिका संगिता थापा मगर संग कुराकानी गरी कार्यक्रममा आउने कुरा पक्का भएको हो।
गजमेर संगै कार्यक्रममा अभिनेत्री दिपा श्री निरौला, मोडल तथा नृत्यकर्मी शंकर बि.सी., गायक तथा गायिका द्वय भगवान भण्डारी, रबिन शर्मा, रेश्मा सुनुवार, अन्जना गुरुंग, शान्ति भण्डारी, उदय भट्टराई, लक्ष्मण पौडेल, नृत्यंगना गिता राई र साथमा न्युयोर्कलाईकर्मथलो बनाई बसोबास गरी रहेका राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।
संघकी अध्यक्ष निशा बिश्वकर्मा (सुनार)का अनुसार “नयॅा कार्यसमिती बने पछी यो पहिलो कार्यक्रम हो,हाम्रो यो कार्यक्रम हाम्रो लागीनिकै नै महत्वपुर्ण हुनेछ, समितीमा रहेका सम्पुर्ण साथिहरुले निकै नै मेहनत गर्नु भएको छ त्यसैले न्युयोर्क र आसपासको क्षेत्रमा बसोबासगर्ने सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा आई ‘रमझम सॅाझ’को मज्जा लिई सहयोग गरीदिन पनि आग्रह गर्नु भएको छ”
कार्यक्रम संचालकका रुपमा चलचित्र निर्देशक तथा संचारकर्मी शुरेस दर्पण पोखरेल र बिक्की पुलामी रहने छ भने कार्यक्रम पश्चातडिजे राजा (राजेन्द्र राई) ले माहौल संगितमय बनाउने छ ।