
अमेरीकाको बाल्टिमोरमा गाडीको ठक्करबाट सुनिल बराईलीको मृत्यु
मकै हाउस टिभी एण्ड न्युज,
अमेरिकामा गाडी दुर्घटनामा परेर नेपाली युवाको निधन
बाल्टिमोर । नेपाल घर म्याग्दीको ज्याम्रुककोट भएका हाल मेरिल्यान्ड राज्यको बाल्टीमोरमा एक छोरा, एक छोरी र श्रीमती
सहित बसोबास गर्दै आएका ३१ वर्षीय सुनिल बराइली गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।
एक दशक अगाडी अमेरिका आएका सुनिलको परिवार भने गत वर्ष मात्र अमेरिका आएका थिए।
गत शुक्रवार (डिसेम्बर १०, २०२१) रातीको १२:२८ बजेतिर विपरीत दिशा बाट तिब्र गतिमा आएको गाडिले एक्कासि ठक्कर दिँदाबराइलीको घटनास्थलमै मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार शुक्रवार रातीको खाना खाएर काममा निस्कने समयमा गाडिलेठक्कर दिई मृत्यु भएको हो । सुनिल केही समय देखी बाल्टिमोरमा उबर चालकका रुपमा काम गर्दै आईरहेका थिए ।