
मिस गुरुंग ईन्टरनेशनल चौथो संस्करण सम्पन्न, ताज संध्या गुरुंगको शिरमा
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । मृगतृष्णा फेशन हाउसको आयोजनामा भर्खरै सम्पन्न भएको चौथो संस्करणको ‘मिस गुरुङ्ग ईन्टरनेशनल’को ताज ईलाम बाट प्रतिनिधित्व गरेकी सन्ध्या गुरुङ्गले जित्न सफल भएकी छिन । उनलेताज सहित नगद रु. एक लाख र विभिन्न उपहारहरु प्राप्त गरेकी छिन | त्यस्तै गरी फस्ट रनर अपको उपाधि गोर्खाकी जोसना गुरुङ्गलेजितेकी छिन, जित संगै जोसनाले नगद रु. ५० हजार प्राप्त गरेकी छिन् । भने सेकेण्ड रनर अपको ताज पनि गोर्खाकै प्रसन्न गुरुङ्गलेजितेकी छिन उनले नगद रु. २५ हजार प्राप्त गरिन्। यसै गरि, शुभेच्छा गुरुङ्गले थर्ड रनरअपको उपाधी हासिल गरेकी छिन् ।

आयोजित उक्त प्रतियोगितामा तमु हयूल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ्गको प्रमुख आतिथ्यतामा सुरु भएकोकार्यक्रममा निणार्यक मण्डलहरु चलचित्र निर्देशक सुवास गुरुङ्ग, गैर आवसिय नेपाली संघ,इगंल्याण्ड राज्य समन्वय परिषदका अध्यक्षतथा समाजसेवी एलबी(लाल बहादुर गुरुङ्ग), गुरुङ्ग(तमु) समाजसेवी तथा बोधी टिभीका कार्यकारी सल्लाहकार अनिल दिगुरुङ्ग,पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङ्ग,मनाङ्ग ग्रुप तथा हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङ्ग रहेका थिए ।

आयोजित प्रतियोगितामा गुरुङ्ग समुदायको भेषभुषा,संस्कृति झल्कने मनोरन्जनात्मक कार्यक्रम प्रस्तुतीहरु समेत रहेको थियो ।