
र्यापर तथा ईन्जिनियर बालेन शाहले काठमाण्डौ मेयरको लागी उम्मेदबारी दिदै
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौंको मेयरमा उम्मेदवारी दिने तयारीमा र्यापर बालेन शाह
न्युयोर्क । र्याप ब्याटल कार्यक्रम बाट चर्चामा आएका र्यापर तथा पेशाले इन्जिनियर बालेन शाहले नेपालमा आउँदो बैशाखमा हुने स्थानीय तहकोचुनावमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
र्यापर बालेन शाहले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन्, ‘अब युवाको पालो, हामीले पढेको लेखेको कहिले कामलाग्छ? हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं।‘
उनले ह्यासह्याग गर्दै बालेन फर मेयर र अब युवाको पालो भनेर पनि लेखेका छन्।
