
नेपाल आदिवासी जनजाती महासंघ, अमेरीकाको नयॅा नेतृत्वमा राज कुमारबिष्ट
मकै हाउस टिभी एण्ड न्युज,
नेपाल आदिवासी जनजाती महासंघ, अमेरीकाको नयॅा नेतृत्वमा राज कुमारबिष्ट
न्युयोर्क । आज मिती डिसेम्बर १९,२०२१ आईतबारको न्युयोर्कको वुडसाईड स्थित सत्य नारायण मन्दिरमा सम्पन्न भएको नेपाल आदिवासीजनजाती महॅासंघ, अमेरीकाको आठौ महाधिबेशनबाट अध्यक्ष पदको प्रत्यासी बलियो प्रतिद्वन्दी लोक बहादुर लिम्बु (लोक चेम्जोंग) लाई पराजित गर्दै महासंघको नयॅा अध्यक्ष पदमा राजकुमार बिष्ट बिजयी भएको छ ।
महासंघको सम्पुर्ण सदस्य संस्थाहरुले ५ –५ जना चुनाव प्रतिनिधि बनाई सहभागी गराएका थिए । सम्पुर्ण सदस्य संथाहरुको कुलप्रतिनिधी ७६ जना रहेको थियो । जस्मा एक मत बदर भएको थियो भने जम्मा ७५ मत खसेको थियो ।
जम्मा खसेको ७६ मतमा १ मत बदर र ४० मत राजकुमार बिष्टको पक्षमा खसेको थियो भने ३५ मत लोक चेम्जोंगको पक्षमा खसेकोथियो ।
पुरा अपडेट अर्को अंकमा …।