Banner

फिप्ना अमेरीकाको नयॅा नेतृत्वमा अध्यक्ष राजकुमार विष्ट र महासचिव टोमा लामा

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । डिसेम्बर १९, २०२१ मा अमेरिकाको न्यूयोर्कमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ अमेरिका

(फिप्ना)आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको अध्यक्षको पदमा राजकुमार विष्ट लोक चेमजोङ उम्मेदवार हनुभएको खसेको कूल मत ७६ मध्ये  ४० मत प्राप्त गरी राजकुमार विष्ट विजयी हुनुभएको उहाँका प्रतिद्वन्दी लोक चेमजोङले ३५ मत प्राप्तगरी पराजित हनुभएको मत बदर भएको अरु सबै पदहरुमा निर्विरोध निर्वाचित भएका छन् निर्विरोध निर्वाचितमा बरिष्ठउपाध्यक्ष मिङमार शेर्पा, महिला उपाध्यक्ष छोन्जोम लामा, उपाध्यक्ष क्षेत्रीय माया लामा, महाचिव टोमा लामा, सचिव सुभास राई, सचिवचम्पा कुमारी तामाङ, सदस्यमा क्रमशः मुक्ति नारायण राई, तुल बहादुर तामाङ, रुकु राना प्रकाश कुमार सुनुवार हनुभएका छन् त्यस्तै गरी सभामुखमा सुवर्ण शाक्य उपसभामुखमा गोमा योञ्जन निर्वाचित हुनभएको

नव निर्वाचित अध्यक्ष राजकुमार विष्ट मुस्ताङ किदुग, अमेरिकाबाट प्रतिनिधित्व गर्नुहुन्छ उहाँ सामाजिक, मानविय मर्दापर्दा डटेरलाग्ने न्यूयोर्कका चिर परिचित, अनुभवी अगुवा समाजसेवी हनुहुन्छ बिष्टले  यस अघि फिप्नाको कोषाध्यक्ष, बरिष्ठ उपाध्यक्ष संघीयपरिषदको सभामुखको भुमिका जिम्मेवारीपुर्बक बहन गरिसक्नुएको !

महासंघमा लामो समय काम गरिसकेको, बिभिन्न पदिय दायित्व सफलतापूर्वक सम्पन्न गरिसकेको अमेरिकामा रहेका संस्था तथासरोकारवालासँग मिलेर अनगिन्ती काम गरिसक्नुएको   आगामी दिनमा जनजाती महासंघ (फिप्ना) लाई सबै जातजाती, धर्म समुदायमाझ पुर्याउने संस्थालाई सहीमार्गमा डो¥याउन सदस्य संस्थाहरुलाई महासंघप्रति उत्प्रेरित गर्ने बिशेष कार्ययोजना बोकेकोछु, त्यो पुरा गर्नेछु भनी प्रतिवद्दता जनाउनुभएका

नव निर्वाचित महासचिव टोमा लामा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को इतिहासमा महासचिव पदमा निर्वाचितहुने पहिलो महिला हो यस अघि फिप्नामा पुरुषहरु मात्र महासचिव भएका छन्   उहाँ यस अघि नेपालको विभिन्न केन्द्री स्तरको संघसंस्थामा विभिन्न महत्वपूर्ण पदहरुमा कुशलतापूर्वक सफलतापूर्वक जिम्मेवारी बहन गरिसक्नुभएको यसवाहेक अन्तराष्ट्रियसंघस्थाहरुमा काम गरेको अनुभवको साथै यस अघि फिप्नाको सचिव पदमा रही जिम्मेवारी वहन गरिसक्नु भएको टोमा सामाजिककाममा मात्र नभई चलचित्र निर्देशक, संचारकर्मी पनि हनुहन्छ उहाँ युनाइटेट मुगुम अर्गानाइजेशन अमेरिका बाट प्रतिनिधित्व गर्नुहुन्छ टोमाले नेपालमा जस्तै अमेरिकामा पनि पत्रकारिता, चलचित्र सामाजिक कामलाई निरन्तरता दिंदै आउनुभएको

Loading...