
लाईट्स आउटको न्युईयर्स ईभ कन्सर्टमा चर्चित र्यापर योंग लामा
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । लाईट्स आउट ईन्टरटाईन्मेन्ट, न्युयोर्कले आयोजना गर्न लागेको ‘२०२२ न्यु ईयर्स ईभ, फायर एण्ड आईस’ कन्सर्टमा चर्चितर्यापर योंग लामाले प्रस्तुती दिदै ।
न्यु ईयर्स ईभ २०२२ को अवसरमा लाईट्स आउट ईन्टरटाईन्मेन्टले आयोजना गर्न लागेको कन्सर्टमा र्यापर योंग लामा संगै बाबा ग्वापो, यांगकी र मेन्नी वेबले सामुहिक प्रस्तुती दिने भएको छ ।
आयोजक ओम गोर्खालीले दिनु भएको जानकारी अनुसार:- ‘न्युयोर्क र आसपासको क्षेत्रमा बसोबास गर्ने युवाबर्ग लाई लक्षित गरीमनोरन्जन दिने उदेश्यले र्याप कन्सर्ट संगै युवा लक्षित ईन्डोर कार्यक्रमहरु गर्न लागेको हो’
कन्सर्ट ३१–१९ न्युटाउन एभिन्यु, एस्टोरीया, न्युयोर्क १११०२ स्थित काच ईटेरी एण्ड बारमा हुने उक्त कार्यक्रम रातिको १०:०० बजे देखीबिहानको ५:०० बजे सम्म चल्नेछ ।