
तराईमा हुस्सु र कुहिरोः हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुस ९, काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको कारण हाल देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार तराईका भू–भागहरुममा बिहानको समयमा हुस्सुरकुहिरो लागेको छ । साथै देशभर बढी रहेकाले महाशाखाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष ९ गते (शुक्रबार)
दिउँसोः पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू– भागमा सामान्यतया मौसम सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
रातीः पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू– भागमा सामान्यतया मौसम सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
पौष १० गते (शनिबार)
दिउँसोः पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ।देशकोउच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
रातीः देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
पौष ११ गते (आईतबार)
दिउँसोः देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदुरपश्चिम र कर्णाली प्रदेश का एक÷दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।