
न्युयोर्कमा हुने “राई ईज किंग” कन्सर्टको सम्पुर्ण टिकट -Sold Out-
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्कका ख्यातिप्राप्त ट्याक्स एण्ड एकाउन्टिंग कम्पनि बुद्ध ट्याक्स एण्ड एकाउन्टिंग, न्युयोर्कको प्रस्तुतीमा न्यु ईयर २०२२को ईभलाईलक्षित गरी डिसेम्बर ३१,२०२१ को राति “न्यु ईयर ईभ २०२२” को सांगितीक कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा गायक/गायिकाद्वय राजेश पायल राई, संयमिता श्रेष्ठ, आदित्य लामा, प्रेम गुरुंग र जोय ब्याण्डको प्रस्तुति रहनेछ ।
“यो सांगितिक कार्यक्रमको आयोजना गर्नुको मुख्य उदेश्य भनेको कार्यक्रमबाट मुनाफा आर्जन गर्नु भन्दा पनि न्युयोर्क रआसपासमाबसोबास गर्ने नेपालीहरुले भरपुर मनोरंजन लिन सकोस यो न्यु ईयर ईभमा भन्ने हो “:- पशुपती श्रेष्ठ, बुद्ध ट्याक्स एण्डएकाउन्टिंगकासंस्थापक ।
पशुपति श्रेष्ठले कुरा थप्दै आजको दिन सम्म सबै टिकट बिक्री भईसकेको पनि जानकारी दिनु भयो ।र कार्यक्रम मर्यादित, ब्यवस्थित रमनोरंजनात्नक बनाउन हर तरहको प्रयास भईरहेको पनि जानकारी गराउनु भयो ।

कार्यक्रम ३७–११ ५७ स्ट्रिट, वुडसाईड, न्युयोर्क स्थित क्विन्स प्यालेस हलमा हुनेछ । बेलुकीको ७:०० बजे बाट सुरु भई २:०० बजेसम्मचल्ने कार्यक्रमको होस्ट भने एलिसा लिम्बु र सुमन थाम्सुंग लिम्बुले सामुहिक रुपमा संचालन गर्नेछन । सांगितिक कार्यक्रम पश्चातमाहौललाई अझ बढी संगितमय बनाउन डि. जे. एल एस (जांग्बु)ले साथ दिनेछन् ।