Banner

गायक राईलाई न्युयोर्कमा भब्य स्वागत संगै कार्यक्रमको सम्पुर्ण तयारी पुरा

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क ।  चर्चित गायक राजेश पायल राईलाई न्युर्योकमा भव्य स्वागत गरिएको छ ।

हाल अमेरिकामा रहेका  चर्चित गायक राजेश पायल राईको प्रस्तुतिसहित  न्युयोर्कको क्विन्समा भव्य कार्यक्रमको आयोजना गरिनलागिएको छ ।

बुद्ध ट्याक्स एकाउन्टिङका संस्थापक पशुपति श्रेष्ठको  आयोजनामा यहि  ३१ डिसेम्बर (शुक्रवार) का दिन  बेलुका ६ बजे क्विन्स प्लेसहल at-37-11  57 th street woodside New York  मा  भव्य  सांगितीक कार्यक्रमको आयोजना  गरिन लागिएको हो ।

उक्त कार्यक्रममा  गायक  राई सँगै आदित्य लामा, प्रेम गुरुङ र संयमिता श्रेष्ठले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

सुमन लिम्बु र एलिसा लिम्बुले संचालन गर्ने उक्त कार्यक्रममा  अन्य कलाकारको पनि सहभागीता हुने आायोजक कमिटीले जनाएको छ।

बुद्ध ट्याक्स एण्ड एकाउन्टीङमार्फत् सबैलाई नयाँ वर्षको शुभकामना दिँदै रमाइलो  गराउने र उक्त कार्यक्रमबाट उठेको रकम आवस्यकव्यक्ति वा परिवारलाई सहयोग गरिने  बुद्ध ट्याक्स एण्ड एकाउन्टीङका संस्थापक  पशुपति श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यक्रमलाई विशेष सहयोग गर्ने गुरुंग चलचित्रका अभिनेता प्रेम गुरुङ र समाजसेवी अन्जीत गुरुङलाई  विशेष धन्यवाद दिँदै उक्त  उक्तकार्यक्रममा सहभागी भइदिन समेत एकाउन्टीङका संस्थापक  पशुपति श्रेष्ठले  सबैलाई अनुरोध गरेका छन् ।

Loading...