
गायक राईलाई न्युयोर्कमा भब्य स्वागत संगै कार्यक्रमको सम्पुर्ण तयारी पुरा
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । चर्चित गायक राजेश पायल राईलाई न्युर्योकमा भव्य स्वागत गरिएको छ ।
हाल अमेरिकामा रहेका चर्चित गायक राजेश पायल राईको प्रस्तुतिसहित न्युयोर्कको क्विन्समा भव्य कार्यक्रमको आयोजना गरिनलागिएको छ ।

बुद्ध ट्याक्स एकाउन्टिङका संस्थापक पशुपति श्रेष्ठको आयोजनामा यहि ३१ डिसेम्बर (शुक्रवार) का दिन बेलुका ६ बजे क्विन्स प्लेसहल at-37-11 57 th street woodside New York मा भव्य सांगितीक कार्यक्रमको आयोजना गरिन लागिएको हो ।
उक्त कार्यक्रममा गायक राई सँगै आदित्य लामा, प्रेम गुरुङ र संयमिता श्रेष्ठले पनि आफ्नो प्रस्तुति दिनेछन् ।
सुमन लिम्बु र एलिसा लिम्बुले संचालन गर्ने उक्त कार्यक्रममा अन्य कलाकारको पनि सहभागीता हुने आायोजक कमिटीले जनाएको छ।

बुद्ध ट्याक्स एण्ड एकाउन्टीङमार्फत् सबैलाई नयाँ वर्षको शुभकामना दिँदै रमाइलो गराउने र उक्त कार्यक्रमबाट उठेको रकम आवस्यकव्यक्ति वा परिवारलाई सहयोग गरिने बुद्ध ट्याक्स एण्ड एकाउन्टीङका संस्थापक पशुपति श्रेष्ठले जानकारी दिएका छन् ।
कार्यक्रमलाई विशेष सहयोग गर्ने गुरुंग चलचित्रका अभिनेता प्रेम गुरुङ र समाजसेवी अन्जीत गुरुङलाई विशेष धन्यवाद दिँदै उक्त उक्तकार्यक्रममा सहभागी भइदिन समेत एकाउन्टीङका संस्थापक पशुपति श्रेष्ठले सबैलाई अनुरोध गरेका छन् ।