Banner

लस एन्जल्समा आकस्मिक अबतरण गरेको विमानलाई रेलको ठक्कर

 

 

मकै हाउस टिभी एण्ड न्युज,

लस एन्जल्स अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा रेलसँग विमान ठोक्किएको

लस एन्जलस प्रहरीले जनाए अनुसार एउटा सानो विमानले आकस्मिक अवतरण गर्दा विमानचालक घाइते भए। प्रहरीले घाइते चालकलाई बाहिर निकालेको केही क्षणमै रेलको ट्रयाकमा आकस्मिक अबतरण गरिएको उक्त विमानसँग ठोकिएर अघि बढ्यो। विमानस्थल नजिकै रहेको रेल ट्रयाकमा ह्वाइटम्यान एयरपोर्टमा विमान अवतरण हुनु अघि इन्जिन फेल हुँदा विमान आकस्मिक अबतरण गर्नु परेको हो

सो दुर्घटनामा परेका विमान चालक सहित विमानमा सबार सम्पुर्णलाई जिवितै उद्धार गरिएको त्यहाँको फिडरल एभियसनका अनुसार दुर्घटनाग्रस्त विमानसँग एउटामात्र इन्जिन थियो सो इन्जिनले काम नगर्दा विपरित दिशाबाट आइरहेको रेलसँग विमानठोक्किएको हो

Loading...