
न्युयोर्केली दिप सागरको “अप्सरा” सार्बजनिक (भिडीयो सहित)
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गायक दिप सागर बुढा मगरले मौलिक कौराह ‘अप्सरा’ बोलको भिडियो आफ्नै यूट्यूब च्यानल ‘दिप सागर बुढा मगर’ मार्फत सार्वजनिक गरेको छ।

गित र भिडियोमा मगरहरुको मौलिक परम्परालाई झल्क्याईएको छ । स्थानिय परिबेशलाई सरल र राम्रो तरीकाले प्रस्तुत गरिएकोभिडियोमा देख्न सकिन्छ ।
गायक दिप सागर बुढा मगर हाल संयुक्त राज्य अमेरीकाको न्युयोर्कमा बसोबास गर्छन । गायकी संगै दिप सागर ‘मगर संघअमेरीका’को महासचिब समेत हुन् ।
सार्वजनिक गरिएको उक्त ‘अप्सरा’ बोलको गीतमा भ्वाईस अफ नेपाल सिजन ३ मा दोश्रो स्थान हासिल गरेकी गायिका तारा श्रीष मगरर दिप सागर बुढा मगरको स्वर रहेको छ । भने शब्द र संगीत पनि स्वयं दिपको नै रहेको छ । गीतलाई डोलराज बारघरे मगरले एरेन्जगरेका हुन् । भने कुमार रानाले अडियो मिक्सिङ गरेका छन् ।
मारुनी डिजिटलको अडियो व्यवस्थापनमा तयार भएको भिडियोलाई राज कुमार पुनले निर्देशन गरेका हुन् भने
कलाकार द्वय विजय पुन र चित्रा पुनको अभिनय रहेको छ ।
भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने दिप गुरुङको कोरियोग्राफी र दुर्गेश रानाको सम्पादन रहेको छ ।
भिडीयो हेर्न तलको लिंकमा क्लिक गर्नु होला ?