
अभिनेता बिपिन कार्कीले बलिवुड फिल्ममा डेब्यु गर्दै अनिल कपुर र रणबिर कपुर पनि मुख्य भुमिकामा
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । अभिनेता विपिन कार्कीले बलिवुड चलचित्रमा अभिनय गर्ने भएका छन् । बन्न लागिरहेको हिन्दी चलचित्र ‘एनिमल’ बाटबलिउडमा डेब्यू गर्ने पक्का भएको हो। बिपिन संगै फिल्ममा बलिउड सुपरस्टार अनिल कपुर र रणवीर कपूरले मुख्य भुमिकामा स्क्रीनशेयर गर्ने भएका छन् ।

अभिनेता विपिनले अभिनय गरेको नेपाली चलचित्र ‘सेल्फी किङ्ग’ हेरी सके पछी बलिउड फिल्म ‘एनिमल’मा अफर गरिएको बताइएकोछ ।
विपिनले जनाए अनुसार ‘एनिमल’का लागि निर्माण टिमले उनलाई अगष्टमा मुम्बई बोलाएको छ । अभिनेता विपिनलाई केही दिनअगाडि मात्रै निर्देशक सन्दीपका भाई प्रणय रेड्डीले फोन मार्फत सम्पर्क गरी फिल्मका लागि प्रस्ताव गरेको बताइएको छ ।
निर्देशक सन्दीपसँग विपिनलाई जोड्ने काम ‘सेल्फी किङ्ग’ निर्देशक विशाल सापकोटाले गरेका हुन् ।