Banner

एक नेपाली युवा अमेरीकाबाट निष्काशन (डिपोर्ट)

 

मकै हाउस टिभी एण्ड न्युज,


न्युयोर्क
यौन दुर्व्यवहार गरेको आरोपमा एक २२ वर्षीय

नेपाली युवकलाई अमेरीकाले निष्काशन (डीपोर्ट) गरेको छ।

एक नाबालिगकलाई यौन दुर्व्यवहार गरेको भन्दै अमेरिकाले उक्त २२ बर्षिय युवकलाई निष्काशन गरेको हो।निष्काशन संगै

अमेरिकी सुरक्षाकर्मीले ती युवकलाईक्युआर ६८६उडान नम्बरको कतार एयरको जहाजबाट बिहीबार अपरान्ह काठमाडौं ल्याइएकोहो।

अमेरिकी सुरक्षा निकायले कार्की थरका ति युवालाई न्युयोर्कबाट कतार हुँदै काठमाडौंसम्म ल्याएका हुन्।

नेपालस्थित अमेरिकी दूतावासले नक्सालस्थित प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी ती नेपाली नागरिकलाई निष्काशन गरिएकोबारेजानकारी गराएको छ। 

यौन दुर्व्यवहारको आरोपमा एक नेपाली अमेरिकाबाट निष्काशन भएका छन्।

संयुक्त राज्य अमेरीका केही समय देखी बस्दै आएका कार्की थरका ती नेपालीले नाबालागिकलाई यौन दुर्व्यवहार गरेपछि त्यहाँकासुरक्षाकर्मीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। अनुसन्धानपछि उनलाई नेपाल फर्काइएको हो

(नोट: आरोपित युवकको पूरा नाम हामीले गोप्य राखेका छौं। ती व्यक्तिको सम्पूर्ण विवरण हामीसँग हुँदाहुँदै पनि समाज उनकोपरिवारमा पर्न जाने नकारात्मक असरलाई मध्यनजर गर्दै सार्वजनिक नगरेका हौंसम्पादक)

:- अन्नपुर्ण पोष्ट

Loading...