
गोपीकृष्ण स्मृति ग्रन्थ लोकार्पण : अग्रज पत्रकार नकुल काजी सम्मानित
मकै हाउस टिभी एण्ड न्युज,
झापा ।पत्रकार तथा साहित्यकार गोपीकृष्ण खनालको स्मृतिमा प्रकाशित ‘गोपीकृष्ण खनाल स्मृति ग्रन्थ’ एक समारोहका बीचलोकार्पण गरिएको छ ।

गोपीकृष्ण स्मृति प्रतिष्ठानको आयोजनामा बिर्तामोडस्थित गोमेन्द्र कलेजमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख आमन्त्रित खनालसेवा समितिका अध्यक्ष हेमप्रसाद खनाल, आमन्त्रित शिक्षासेवी गणेशप्रसाद खनालले स्मृति ग्रन्थको लोकार्पण गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष खगेन्द्र खनालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत प्रष्तिष्ठानकी उपाध्यक्ष नैनकलला भट्टराईलेगरेकी थिइन् । प्रतिष्ठानका सचिव एवम् स्मृति ग्रन्थका प्रधान सम्पादक डा. पुण्यप्रसाद पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाशपारेको कार्यक्रममा बिजय बरालद्वारा निर्मित बिञ्जु मिडिया कर्नरद्वारा छायांकन गरिएको स्व. खनालको जीवनवृत्त समेटिएको वृत्तचित्रप्रदर्शन गरिएको थियो।

पछिल्लो समय झापालाई कर्मथलो बनाइ नेपाली साहित्य र पत्रकारिता क्षेत्रको सेवा गर्दै आएका गोपीकृष्ण खनालको गत २०७५ सालसाउनमा सवारी दुर्घटनामा परी अकल्पनीय निधन भएको थियो ।
भारत पश्चिम बंगालको शिलगढीमा रहँदा स्थानीय बाडुली द्वैमासिक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा प्रवेश गरेका खनालले विवेचनामासिक, अर्धसाप्ताहिक विश्वदीप, भानु, रहर, नयाँ विचार, मनकामना, नयाँ कामना लगायतका साहित्यक एवम् साप्ताहिक समाचारमासम्वद्ध रहेर सेवा गरेका थिए ।
सामाजिक सेवाका क्षेत्रमा ममेत सक्रिय खनाल वीरता जेसीजका संस्थापक सदस्य, सनातन धर्म सेवा समितिका सभापति, अर्जुनधाराजलेश्वर धाम, नेपाल विद्वत परिषद्, साहित्यिक पत्रकार संघ, विश्व हिन्दू महासंघ लगायत दर्जनौं संघ–संस्थामा आवद्ध थिए । स्व. खनालको स्मृतिमा प्रकाशन गरिएको ग्रन्थको लोकार्पण समारोहमा साहित्यकार कोमलप्रसाद पोखरेल, मातृका संग्रौला, चिन्तामणिदाहाल लगायतले बोलेका थिए ।
प्रतिष्ठानद्वारा स्थापित गोपीकृष्ण स्मृति पत्रकारिता पुरस्कार पहिलोपटक सोही समारोहकाबीच अग्रज पत्रकार नकुल काजीलाई प्रदानगरिएको थियो । पचास हजार रुपैयाँ राशिको सो पुरस्कार प्रतिष्ठानकी संरक्षक तथा खनालकी धर्मपत्नी रुपादेवी खनाल, प्रमुखआमन्त्रित व्यक्तित्व लगायतले समर्पण गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष केशव भट्टराईले सञ्चालन गरेको सोही कार्यक्रममा कमल भट्टराई र नरेन्द्र पराजुलीलाईप्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।