
राष्ट्रपति बाइडेनको स्वास्थ्य मापदण्ड सम्बन्धी आदेश अदालतबाट खारेज
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । अमेरिकामा कोरोना खोपलाई अनिवार्य गराउने राष्ट्रपति जो बाइडेनको प्रयासमा धक्का लागेको छ ।
ओमिक्रोन भेरिएन्टले कोरोना महामारी बढाईरहेको बेला राष्ट्रपतिको आदेशमा जारी भएका केही स्वास्थ्य मापदण्डलाई अदालतलेखारेज गरिदिएको हो ।
ठूला कम्पनीका मजदुरहरुलाई कोरोना खोप अनिवार्य गराउने, मास्क अनिवार्य लगाउनुपर्ने तथा हप्ताको एक पटक कोरोना परिक्षणगराउनुपर्ने नयाँ नियम राष्ट्रपति बाइडेनले जारी गर्नुभएको थियो । तर, अमेरिकाको सर्वोच्च अदालतले यो आदेश खारेज गरिदिएको छ ।
राष्ट्रपतिले आफ्नो क्षेत्राअधिकार बाहिर गएर आदेश दिएको ठहर गर्दै अदालतले उक्त आदेश खारेज गरिदिएको हो । बरु अदालतलेसरकारी लगानीमा संचालित स्वास्थ्य कार्यालयहरुमा भने कोरोना विरुद्धको खोपलाई अनिवार्य गर्न सकिने सिमित आदेश दिएको छ ।अदालतको आदेशले अमेरिकामा कोरोना नियन्त्रणमा गरिएका निस्वार्थ प्रयासमा बाधा पुगेको राष्ट्रपति बाइडेनको प्रतिक्रिया छ ।