
बसको ठक्करबाट बुढा मगरको मृत्यु, चालक फरार
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । शनिबार राती ७:०० बजे काठमाडौँको कलंकीमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिई फरार भएको छ । भने बसको ठक्करबाट मोटरसाइकलमा सवार रुकुम बुढाउत्तर गाउँपालिका–१० का २१ वर्षीय सङ्गीत बुढा मगरको मृत्यु भएको हो ।
बसको ठक्करबाट सख्त घाइते भए पछी बुढा मगरलाई तुरुन्तै उपचारका लागी शहीद मेमोरिय अस्पतालमा लिएर गएको थियो । भनेउपचारका क्रममा २१ बर्षिय बुढा मगरको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिई फरार भएको बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।