Banner

नेपाली समाज अमेरीकाको भर्चुअल अभिमुखिकरण कार्यक्रम सम्पन्न, मन्त्री राजेन्द्र श्रेष्ठ प्र.अतिथी

 

मकै हाउस टिभी एण्ड न्युज,

सुरेश चाम्लिंग, न्यु ह्याम्सयर नेपाली समाज अमेरीकाको आयोजकत्वमा जनता समाजवादी पार्टी, नेपालको संगठन सुदृढिकरण तथाजनजागरण अभियानसुजअभिमुखि कार्यक्रम नाम दिई जुम मार्फत भर्चुएल भेला कार्यक्रम सम्पन्न भएको

भर्चुअल कार्यक्रममा बोल्दै मा. राजेन्द्र श्रेष्ठ (मन्त्री, संघीय मामीला तथा सामान्य प्रसाशन)  नेपालको अहिलेको संघीयता प्रशासनिक  विकेन्द्रीकरण जस्तो मात्र संघीयता  भनेको  प्रशासनीक बिकेंद्रीएता मात्र नभएर बिभिन्न जातजाती, भाषा, वर्ग, तह भूगोलमा बस्नेजनताहरुको उचित ब्याबस्थापन हो संघीयताले जस्तो समाज उस्तै राज्य निर्माणको बिधि तय गर्छ यसको लागी संबिधान कानुनपरिवर्तन गर्नु पर्छ सरकारले चाहेर मात्र यो सम्भव छैन तर प्रयास जारी

सम्पन्न भर्चुअल भेलामा बोल्दै अर्का बक्ता आङ्गकाजी  शेर्पा (जसपा विदेश बिभाग प्रमुख) ले सहभागीहरुले सोध्नु भएको प्रश्नलाईसमेत ध्यानमा राखी:- “पार्टीको नीति शिल्पी दलित पिछडिएका वर्गहरुलाई राज्यको पहुँचमा पुर्याउने हाम्रो अभियान हो यि जातीकोअधिकारको कुरो उठाउदा कोहि पनी आत्तिन्नु पर्दैन, श्रमजीवि शाषित ब्राह्मण समुदायको लागी पनी हाम्रो अभियान हो, सिंगो राज्य सत्ताएकल धार्मिक, भाषिक, सांस्कृतिक भयो भन्दा  श्रम जीवि शोषित ब्राह्मण समुदाय कम्मर कसेर बिरोध गर्नु हुन्छ आश्चर्यको कुरा हो

भर्चुअल भेलाका अर्का वक्ता तथा जनता समाजवादी पार्टीका सल्लाहकार डा. महेन्द्र लावतीलेनेपालमा राज्यहरु १०+ हुनु पर्ने भन्नेपार्टीको नीती हो भने प्रदेश मोर्चा पनी त्यतिनै हुनु पर्ने हो तर अहिले जसपाले प्रदेशको प्रदेश समिती बनाएको परिवर्तन गर्नु पर्छ भन्नेकुरा ब्यक्त गर्नु भएको थियो।

कार्यक्रमको सभापतित्व गरेका नेपाली समाज अमेरिकाको अध्यक्ष समीर महर्जनले कार्यक्रमको अन्त्यमा समापन गर्दै उपस्थितसम्पुर्णलाई  धन्यवाद दिदै  बिभिन्न देशबाट फरक समयको वाबजुद पनि  घण्टा धैर्य धारण गरेर सहभागी जनाउनु भएकाहरुलाईआभार व्यक्त समेत गर्नु भयो सम्पन्न कार्यक्रमको संचालन संस्थाका महासचिव मनु लोहरुंग राई सल्लाहकार पार्वती थापाले संयुक्तरुपमा गरेका थिए भने स्वागत मन्तब्य संस्थाका वरिष्ठ उपाध्यक्ष लिला राई संस्थाको गतिबिधी बारे सुरेश चामलिंगले  प्रकाशपारेका थिए

कार्यक्रममा बिभिन्न देशका प्रवाश प्रतिनिधिहरुले भाग लिएका थिए   भाग लिनेहरुमा पार्टीका प्रवाश प्रदेश बिशेष समीतिको अध्यक्षधन गुरुङ, कोषाध्यक्ष धन बिक,सचिव मनिष यादव मनिज गौतमले युके बाट सहभागी जनाएका थिए भने नेपाली समाजइजरायलका अध्यक्ष अनिला मोक्तान तामाङ्गको नेतृत्वमा १० जना,जापान अध्यक्ष पेम्बा शेर्पा सहित जना, अध्यक्ष दर्पण गुरुङसाउथ कोरिया, अध्यक्ष तेज मोक्तान  कतार,अध्यक्ष बीरेन्द्र नेगी,भोज राज न्यौपाने , भानु प्रसाद गौतम मलेशिया,अध्यक्ष निर्मलस्याङ्तान कुवेत,प्रतिनिधी मनोज गौतम हंगकंग, प्रतिनिधी प्रमोद श्रेष्ठ यु ,जनता समाजवादी पार्टी केन्द्रिय सल्लाहकार गुरु प्रसादराई सहित ५१ जनाले सहभागी जनाएका थिए

Loading...