Banner

अनलाईन मार्फत अमेरीकन र युरोपियनलाई जुवा खेलाउने १२ नेपाली युवा पक्राऊ

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ । महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुरबाट अनलाइनमार्फत् जुवा खेलाएको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरीसार्वजनिक गरेको छ। 

अनलाइन मार्फत जुवा वा क्यासिनो खेलाउँदै गरेको भन्ने सूचना पाए पछी प्रहरी टोलीले कीर्तिपुर नगरपालिका चोभार, नगाउँ बाघभैरवस्थित विभिन्न घरबाट १२ जनालाई पक्राउ गरेको हो। 

कीर्तिपुर चोभारका ३३ वर्षीय सुजेन्द्र थापा, २७ वर्षीया कविता थापा, ३० वर्षीया रविन खड्का, वडा १० का ४५ वर्षीय बुद्ध महर्जन, २०वर्षीया रोजा महर्जन वडा पाँगाका १९ वर्षीय साहिल महर्जन, १९ वर्षीय हनिशा महर्जन, वडा १० नगाउँका ३५ वर्षीय प्रदीपमान सिंहबस्नेत, बझाङका स्थायी बासिन्दा कीर्तिपुर बस्ने १९ वर्षीय बिनोद ठगुन्ना छन्।

महाशाखाले जानकारी दिए अनुसार पक्राउ पर्नेमध्ये तीन जना १७ वर्षका छन् भने जना सुजेन्द्र, प्रदीपमान बुद्ध महर्जनको मिलेमतोमा(संचालक) अनलाइन क्यासिनो संचालन रहेको

अन्य चाही तलबमा कामदारको रुपमा काम गरेको पाईएको प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ पर्नेमध्ये

उनीहरूकै योजनामा तीन वटा घरमा सो अनलाइनमार्फत् गेम खेलाउने काम भइरहेको प्रहरी उपरीक्षक पंगेनीले बताए। तर उनीहरूलेयसमा आफ्नो पैसा भने लगानी नगरेको उनले बताए।

कीर्तिपुरमा तीन वटा घरमा २४ सै घण्टा अनलाइन जुवा सञ्चालन गर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूले सिफ्ट अनुसार अनलाइनजुवा खेलाउन त्यसैअनुसार कामदारहरु खटाएको पाइएको हो। 

प्रत्येकसिफ्टमा आठआठ घण्टा काम गरेर चलाउने उनीहरूले १० देखि १५ हजारसम्म तलब प्राप्त गर्ने रहेछ

यस्तो गरेको सायद नेपालमा पहिलो पटक होला। यसबारे थप अनुसन्धान फोरेन्सिकमार्फत् गर्‍यौं भने थप खुल्छ।

प्रहरी उपरीक्षक पंगेनीका अनुसार उनीहरूले फेसबुकमार्फत् अमेरिकन तथा युरोपियन नागरिकहरूलाई सो गेम खेलाउने गर्थे।

अमेरिकी तथा युरोपियन नागरिकलाई साथी बनाएर जुवा, फायर किलिङ, रिभर स्विप्स, रिभर मन्स्टर, भेगासएक्स लगायत अनलाइनजुवा खेल्न उनीहरूलाई लिंक पठाउँथे। 

त्यसरी लिंक पठाएर अमेरिकी डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षले तोकिएको पैसा समेत पुरस्कारको रूपमा दिने गरेकोमहाशाखाले जानकारी दिएको छ। 

उनीहरूले कम्तीमा पनि १० डलर राख्नुपर्ने बनाएको रहेछ। त्योभन्दा तल पैसा राख्न नमिल्ने त्यो भन्दामाथि जति हाले पनि हुने,’ प्रहरीउपरीक्षक पंगेनीले भने, ‘खेलाडीहरू सबै विदेशी मात्रै हुन्। सबै खेल डलरमा मात्रै हुन्छ।

पक्राउ परेका व्यक्तिहरूमाथि सोधपुछ गर्दा उनीहरूले यो खेल १० महिना अघिदेखि सञ्चालन गरेको बताएका छन्। 

यसरी उनीहरूले महिनाको करिब एक लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी अनलाइन जुवा खेलाउने गरेको प्रहरीउपरीक्षक पंगेनीले बताए।

यो खेल खेलाउन पनि विदेशीले सहयोग रहेको प्रहरीले जनाएको छ। 

यिनीहरूको गुरू सायद अमेरिका वा बेलायतमा छ। उनीहरूले उतैबाट सिकेका हुन्। हामीलाई पनि पैसा दिएरै खेलाउन लगाएको होभनेर भनेका छन्,’ उनले भने, ‘तर सबै उनीहरूले नै खेलाएको देखिन्छ।

एउटा एपबाट खेलाउँदामात्रै २५ सय डलर कमिसनसम्म आएको देखिएको उनले बताए। 

उनीहरूबाट प्रहरीले ल्यापटप, कम्प्युटर, राउटर, गेमिङ विवरण लेखिएको रजिस्टर, ह्वाइट बोर्ड लगायतका सामग्री बरामद गरेको छ। 

उनीहरूमाथि थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ। हारजित हुने गरी जुवा खेलाएको मुद्दामा सातदिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। आजको सेतोपाटीले लेखेको छ । 

Loading...