
न्युयोर्कको ब्रोंक्समा ११ महिने बच्चामाथी गोली प्रहार
मकै हाउस टिभी एण्ड न्युज,
न्यूयोर्क । बुधवार साँझ ६:४५ बजे ब्रोंक्स १९८ स्ट्रीट र भ्यालेन्टाइन एभिन्यूमा रहेको ग्रोसरी स्टोर अगाडी किनमेल गर्न गएको बुवालाईकार भित्र पर्खिरहेको आमाको साथमा रहेकी ११ महिने बच्चा माथि गोली प्रहार भएको हो । उक्त प्रहार भएको गोली ११ महिने बच्चाकोगालामा लागेको न्युयोर्क प्रहरीले जनाएको छ ।
बालिकाको भोलि शुक्रवार पहिलो जन्मदिन मनाउन तयारी गरिरहेको र सामान किनमेल गर्न बच्चाको बुवा पसल भित्र गएको र बुबालाईआमा संग कारमा पर्खिरहेका बेला उक्त घटना घटेको हो ।
न्युयोर्क शहरका मेयर एरिक एडम्सले आफ्नो ट्विटरमा ट्विट गर्दै घटना प्रति दुखित हुदै :”ब्रोंक्समा ११ महिने बच्चा माथि गोली प्रहार हुनु अकल्पनीय हो र यो हाम्रो शहरमा नहुनु पर्ने तर यो भयो।” भन्ने कुरा ब्यक्त गर्दै गोली प्रहार गर्ने बन्दुकधारीको खोजी भइरहेको पनि बताएका छन् ।
न्युयोर्क शहरका मेयर एरिक अडम्सको ट्टिट जस्ताको तस्तै :-
An 11-month-old baby shot in the Bronx. If that's not a wake up call, I don’t know what is. It should be unimaginable that this would happen in our city.
But it did.
Leaders at every level have abandoned city streets. I won't.
I refuse to surrender New York City to violence. pic.twitter.com/uHFOi4Ixvh
— Mayor Eric Adams (@NYCMayor) January 20, 2022