Banner

न्युयोर्कको ब्रोंक्समा ११ महिने बच्चामाथी गोली प्रहार

 

मकै हाउस टिभी एण्ड न्युज,

न्यूयोर्क ।  बुधवार साँझ ६:४५ बजे ब्रोंक्स  १९८ स्ट्रीट र भ्यालेन्टाइन एभिन्यूमा रहेको ग्रोसरी स्टोर अगाडी किनमेल गर्न गएको बुवालाईकार भित्र पर्खिरहेको आमाको साथमा रहेकी ११ महिने बच्चा माथि गोली प्रहार भएको हो । उक्त प्रहार भएको गोली ११ महिने बच्चाकोगालामा लागेको न्युयोर्क प्रहरीले जनाएको छ ।

 

बालिकाको भोलि शुक्रवार पहिलो जन्मदिन मनाउन तयारी गरिरहेको र सामान किनमेल गर्न बच्चाको बुवा पसल भित्र गएको र बुबालाईआमा संग कारमा पर्खिरहेका बेला उक्त घटना घटेको हो ।

 

न्युयोर्क शहरका मेयर एरिक एडम्सले आफ्नो ट्विटरमा ट्विट गर्दै घटना प्रति दुखित हुदै :”ब्रोंक्समा ११ महिने बच्चा माथि गोली प्रहार हुनु अकल्पनीय हो र यो हाम्रो शहरमा नहुनु पर्ने तर यो भयो।” भन्ने कुरा ब्यक्त गर्दै गोली प्रहार गर्ने बन्दुकधारीको खोजी भइरहेको पनि बताएका छन् ।

न्युयोर्क शहरका मेयर एरिक अडम्सको ट्टिट जस्ताको तस्तै :-

Loading...