
गायक जगदिश समालको ‘ईलामको बसाईमा’ अनप्लग्ड सार्बजनिक
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क। गायक जगदिश समाल बिगत १ दशक देखि संयुक्त राज्य अमेरीकाको न्युयोर्कलाई कर्मथलो बनाई बसोबास गर्दै आइरहेका छन् ।गायन यात्राको सुरुवाती दिन देखी नै उत्कृष्ट गितहरु मार्फत श्रोताहरुको मन र मष्तिष्कमा बस्न सफल गायन बिधाको एक नाम हो‘जगदिश समाल’ ।

अहीले नेपालमा हुने रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ ‘नेपाल आईडल’ लगायतका शोहरुमा प्राय उनका गितहरु सहभागीप्रतिष्पर्धीले गाईरहेका हुन्छन् ।
‘अलि अलि भन्दा भन्दै धेरै पिउने भईसके’, ‘नबिर्से तिमीलाई न पाए तिमीलाई, मेल भर्सन’, ‘आओ यादहरु’ ‘तपोवन’ ‘म त मर्छु क्यारे’, ‘आधा उमेर’, ‘सयौ जुनि पाउन सकिन्छ सकिन्न’ लगायत दर्जनौ दर्जन उत्कृष्ट गितहरु मार्फत धेरै अवार्डहरु पनि जितिसकेका छन् ।
हालै गायक समालले गितकार तारा ढुर्कपानीको शब्द र डेन्नी निरौलाको संगितमा ‘ईलामको बसाईमा’ अनप्लग्ड भर्सन आफ्नैअफिसियल युट्युब च्यानल ‘जगदिश समाल’ मार्फत सार्बजनिक गरेका छन् ।
संगित एरेन्ज गोपाल रसाईली, मिक्सिंग एण्ड मास्टरिंग मोनिष चाम्लिंग बिट प्रोडक्सन ह्यारिसबर्ग, पेन्सिलभेनियाको संयुक्त प्रयासमा‘ईलामको बसाईमा’ तयार भएको हो ।
यो भन्दा पहिले पनि ‘एति ठुलो संसारमा’ अनप्लग्ड भर्सन सार्बजनिक गकिसकेका छन् ।
पुरा गित सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ?