
न्युयोर्क निबासी गायक युगेश लिम्बुको “हराईसके”मा आकाश श्रेष्ठ र सबुशर्मा (भिडियो सहित)
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । न्युयोर्क निबासी गायक युगेश लिम्बु अमेरीकी स्थायी नेपाली अमेरीकन हुन् । बिगत १५ बर्ष देखि निरन्तर गित संगितमा संघर्ष गरिरहेको एउटा नाम हो ‘युगेश लिम्बु’ ।
पहिले पनि दर्जनौ गित र भिडियोहरु बजारमा ल्याईसकेका छन् । यस पालि भने “हराईसके” बोलको गित र भिडियो मार्फत बजारमा आएका छन् लिम्बु । ‘हराईसके’ गितको शब्द युगेश आफैले लेखेका हुन् भने संगित, कम्पोज र भिडियोको निर्देशन पनि स्वंय युगेश लिम्बु आफैले गरेका हुन् ।

सार्बजनिक उक्त भिडियोमा भने अहिलेका चर्चित मोडल तथा नायक आकाश श्रेष्ठ र मोडल सबु शर्माले अभिनय गरेका छन् । भने भिडियोको छायांकन र सम्पादन संजिप राईले गरेको हो ।
भिडीयो गायक युगेश लिम्बुको आफ्नै अफिसियल युट्युब च्यानल “Ugesh Limbu” बाट सार्बजनिक गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ?