Banner

पुर्ब कप्तान हरि खड्का बिरुद्ध नक्कली प्रमाण पत्र पेश गरी जागीर खाएको आरोपमा मुद्धा दायर

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरी खड्का विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोगअनुसन्धान आयोगले आई..को नक्कली प्रमाणपत्र पेस गरी खड्काले प्रहरीमा जागिर खाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेकोहो

खड्का २०५५ साल कात्तिक गते प्रहरी सहायक निरिक्षकमा भर्ना भएका थिए। उनी महानगरीय प्रहरी गण नम्बर मा दरबन्दी भईराष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद गतिविधिमा कार्यरत थिए। खड्काले प्रहरीमा पेस गरेको आई..को प्रमाणपत्रनक्कली भएको भन्दै उजुरी परेको थियो

अनुसन्धानमा खड्काले भारतको माध्यमिक शिक्षा परिषद वाराणशी उत्तरप्रदेशबाट जारी भएको आई..को नक्कली प्रमाण पत्र पेस गरीभर्ना भएको देखिएको छ।

भ्रष्टाचार निवारण ऐन २०१७ को दवाफ १२ प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ को उपदफा अनुसारको कसुर गरेकाप्रमाण पुष्टि हुन आएको अख्तियारले जनाएको

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौले निकालेको प्रेस बिज्ञप्ती तल :

Screen-Shot.jpg

Loading...