Banner

ख्यालठट्टाको नाममा अनुमति बिना तस्बिर वा भिडियो खिचि प्रकाशन गर्नेलाई गृह मन्त्रालयको चेतावनी

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं ।गृहमन्त्रालयले एक बिज्ञप्ति जारी गरि सम्बन्धित व्यक्तिको सहमति बिना कुनै प्रकारको तस्बिर भिडियो खिची  सामाजिक सञ्जाल वा युट्युबमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ।

सार्वजनिकस्थलमा ख्यालठट्टा प्रयान्कको नाममा गोप्यरूपमा भिडियो वा तस्बिर खिचेर  उक्त तस्बिर वा भिडियो सामाजिक सञ्जाल र युट्युबमा राखेको सर्वसाधारणले गुनासो गरेको मन्त्रालयले जनाएको सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न पनि गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ। 

त्यस्ता किसिमको गतिबिधिले पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा नकारात्मक प्रभाव पर्नुको साथै व्यक्तिगत गोपनीयता प्रतिष्ठामा समेत नकारात्मक पर्ने असरलाई दृष्टिगत गरी व्यक्तिकोअनुमतिबिना व्यक्तिको तस्बिर भिडियो नखिच्न उक्त सामग्रीलाई सामाजिक सञ्जाल युट्युबमा प्रकाशन नगर्न मन्त्रालयले सचेतगराएको हो।

गृह मन्त्रालयले जारी गरेको बिज्ञप्ती :-

Loading...